Archives March 27, 2023

‘एड्भरटाइजिङ इकोनोमी’ मा बहस : विज्ञापन प्रवर्द्धनमा बोर्डको पहलकदमी जरुरी

नेपालजस्तो देशमा २१औं शताब्दीमा डिजिटल इकोनोमीको बहस गर्नु अचम्म होला तर संसारलाई चियाउने हो भने एड्भरटाइजिङ इकोनोमी देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को निश्चित अंश बनिसकेको छ । जस्तै : बेलायत जस्तो देशमा जीडीपीको ६ प्रतिशत (एड्भरटाइजिङ एशोसिएशनका अनुसार) योगदान यही क्षेत्रको छ भने अमेरिकाजस्तो देशमा २० प्रतिशत (आना ड्राइभिङ ग्रोथका अनुसार) योगदान छ । नेपालजस्तो देशमा यो क्षेत्रको योगदान शून्य दशमलव ३४ प्रतिशत मात्रै रहेको विज्ञहरू बताउँछन् । भारतजस्तो ठूलो मिडिया इन्डस्ट्री भएको देशमा पनि एड्भरटाइजिङ इकोनोमी शून्य दशमलव ३८ प्रतिशत (बिजनेश स्ट्यान्डर्डका अनुसार) मात्रै रहनु पनि त्यति उत्साहप्रद देखिएन ।

दर रेटकै आधारमा हेर्ने हो भने सेल्स त अर्बौंको हुनुपर्ने देखिन्छ । यद्यपि वास्तविक सेल्स भने निकै कम भएको यी मिडियाले बुझाएका रोयल्टीबाट बुझ्न सकिन्छ ।

अब चर्चा गरौं देशको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै योगदान दिने क्रमश: कृषि, उद्योग, सेवामूलक उद्योगजस्ता क्षेत्रहरू पर्छन् । यी क्षेत्रको योगदान प्रतिशतमा खोज्ने हो भने कृषि २४ प्रतिशत, उद्योग १४ प्रतिशत, सेवा ६१ प्रतिशत छ । यस्तैगरी देशको अर्थतन्त्रको अर्को पक्ष आयातित वस्तु, निर्यात गर्ने वस्तुबीचको तुलनामा भर पर्छ । शोधनान्तर बचत अथवा घाटामा पनि अर्थतन्त्रको महत्त्व राख्छ ।

खैर फिगर जेहोला तर हरेक वस्तु तथा सेवाको भ्यालु एडिशन गर्ने अर्को प्यारामीटर भनेको ब्रान्डिङ तथा एड्भरटाइजिङ नै हो । यसले अर्थतन्त्रको सही इन्डिकेशन गर्न मद्दत मात्रै पुग्दैन, स्वदेशी रोजगारी र उद्यमशीलताको विकाससमेत गर्छ । नेपालमा आफैमा रिसर्च बेस एजेन्सीले ब्रान्ड र एड्भरटाइजिङको इम्प्याक्ट देखाउन सकेका छैनन् । यसका कारण ब्रान्ड तथा सर्भिसले कति उत्पादन वा वितरण बढाउन कति विज्ञापनमा खर्च गर्नुपर्ने हो विश्लेषण गर्न सकेका छैनन् ।

जस्तो कि टेलिभिजन उद्योग र यससँग सम्बद्ध एड्भरटाइजिङ इन्ड्रस्ट्रीलाई नै लिन सकिन्छ । नेपालमा टेलिभिजन स्थापनाको इतिहास हेर्दा २०४१ सालमा परियोजनाका रूपमा नेपाल टेलिभिजन स्थापना भएको थियो । नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन च्यानल हो । यूएचएफ प्रविधिमा परीक्षण प्रसारण शुरू भएको नेपाल टेलिभिजनको नियमित प्रसारण २०४२ पुस १४ देखि भीएचएफ प्रविधिबाट शुरू भएको थियो । टेरिस्टेरियल प्रसारणमा नेपाल टेलिभिजनले २०५८ सालदेखि स्याटेलाइटमार्फत प्रसारण शुरू गरेको हो ।

नेपाल टेलिभिजनले एकछत्र राज गरेको १६ वर्षपछि २०५८ असार १९ गतेदेखि स्पेसटाइम नेटवर्क (प्रालि) ले च्यानल नेपाल टेलिभिजन शुरू गर्‍यो । त्यसको २ वर्षपछि २०६० असार २९ गतेदेखि कान्तिपुर टेलिभिजन र इमेज च्यानलको प्रसारण शुरू भएको पाइन्छ । करीब २ दशकमा टेलिभिजनको क्षेत्र व्यापक भएको छ । टेलिभिजन च्यानलको संख्या, सामग्रीको विविधता र प्रविधिमा नेपाली टेलिभिजनले फड्को मारेका छन् ।

नेपाल टेलिभिजन, कान्तिपुर टिभी, इमेज च्यानल, एभिन्यूज, सगरमाथा टीभी, एबीसी, प्राइम टीभी, न्यूज ट्वान्टीफोर, एपीवान, जनता टीभी, हिमालय टीभी, माउन्टेन टीभी, ग्यालेक्सी फोरकेलगायत टेलिभिजन प्रसारणमा छन् । एउटै सञ्चारगृहले धेरैओटा च्यानल प्रसारण गरेको पनि पाइन्छ । नेपाल टेलिभिजनअन्तर्गत ५ ओटा च्यानल प्रसारणमा छन् । बेलाबेलामा इजाजतपत्र स्वत: रद्द हुने भएकाले तथ्यांक घटबढ हुने गरेको सेन्टर फर मिडिया रिसर्चको अध्ययनबाट देखिन्छ । सञ्चार मन्त्रालयका अनुसार अहिले १९३ ओटा लाइसेन्स लिएकामध्ये ६२ ओटा स्याटेलाइट टेलिभिजन नियमित सञ्चालनमा छन् ।

यी सबै टेलिभिजनको सञ्चालन खर्च औसतमा वार्षिक ३ अर्बभन्दा बढी हुन आउँछ । अब हाम्रो टेलिभिजन विज्ञापन बजारको साइज हेरौं । टेलिभिजन विज्ञापनको बजार कोभिड अघि वार्षिक ३ अर्ब हाराहारीको भए तापनि अहिले खुम्चिएर २ अर्ब हाराहारीमा झरेको छ । अब तुलना गरौं हाम्रो बजार र टेलिभिजनको सञ्चालन खर्च । औसतमा यी मिडियामा काम गर्ने कर्मचारीको पनि तुलना गरौं ।

टेलिभिजन मिडियामा मात्रै अहिले पनि ३ हजारको हाराहारीमा कर्मचारी प्रत्यक्ष रोजगारीमा छन् । यी कर्मचारीको घरको होम इकोनोमीलाई अप्रत्यक्ष रूपमा टेलिभिजनमा बजाइने विज्ञापनले नै टेवा दिइरहेको छ भन्दा अत्युक्ति नहोला । यस हिसाबले विश्लेषण गर्ने हो भने विज्ञापन बजारबाट राष्ट्रिय अर्थतन्त्रमा ठूलोे योगदान हुन आउँछ । यसबाट परनिर्भरता घट्ने र स्वदेशी उद्यमशीलताको विकास हुने पनि देखिन्छ ।

अब चर्चा गरौं, मिडिया मार्केटिङ गर्ने तरीका । मिडियाका वास्तविक रेट कार्ड र बजारमा गरिने वास्तविक सेल्स । यहाँ पनि उदाहरणका लागि १० ओटा राष्ट्रिय स्तरका प्रमुख मिडिया र तिनको १० वर्षको सेल्सलाई विश्लेषण गर्न सकिन्छ । जहाँबाट सजिलै विज्ञापनको बजार विश्लेषण हुन्छ । दर रेटकै आधारमा हेर्ने हो भने सेल्स त अर्बौंको हुनुपर्ने देखिन्छ । यद्यपि वास्तविक सेल्स भने निकै कम भएको यी मिडियाले बुझाएका रोयल्टीबाट बुझ्न सकिन्छ ।

विश्वका विकसित देशहरू आफ्नो उत्पादन तथा बजारलाई ग्लोबल भिलेजको अवधारणामा बजारीकरण गरिरहेका छन् । यसअन्तर्गत रिसर्च, टे«निङ, सेल्स एन्ड मार्केटिङ एनालिसिस विश्वभर गरिरहेको भेटिन्छ । तर यीसँग प्रत्यक्ष जोडिएको एड्भरटाइजिङमा भने विश्वका कैयन् देशसँग हाम्रो अनुभव आदानप्रदान गर्न सरकार तथा व्यवसायीकै छाता संगठन चुकेको देखिन्छ । जस्तै : नेपाल विज्ञापन संघ (आन) अन्तरराष्ट्रिय विज्ञापन संस्था आफाको सदस्य छ । तर, व्यवसायीले नै आफासँगको आबद्धताबाट कति फाइदा लिन सके वा सकेनन् भन्ने विषयमा बहस गर्नु जरुरी छ । केही वर्ष पहिले विज्ञापन क्षेत्रमा काम गर्ने सृजनशील डिजाइनर/डाइरेक्टर विदेशबाट नेपालमा काम गर्न आउँथे । तर, आज कम संख्यामा देखिन्छन् । यसको कारण दुईओटा हुन सक्छ । कि त हामी आत्मनिर्भर भयौं कि त हामीहरू सृजनशील व्यक्तिहरू पाल्न नसक्ने अवस्थामा पुग्यौं । यस विषयमा छलफल र केन्द्रित हुनुपर्ने देखिन्छ ।

नेपाल सरकारको सम्बद्ध निकायले विश्वका कैयन् संस्थासँग जीटुजी वा अन्य कुनै मोडलमा सम्बन्ध बढाउन सके दायरा अझ बढ्थ्यो । अनुभव आदानप्रदानको कुरा गर्दा टेलिभिजन कन्टेन्टको गुणस्तर बढाउन प्राविधिक आदानप्रदान गर्न सके त्यसको परिणाम रियालिटी शो, फ्रेन्चाइज शोको विज्ञापन बजारमा पनि देखिन्थ्यो । उदाहरणका लागि, विदेशमा लोकप्रिय भएका ती शोमा मल्टिनेशनल ब्रान्डको आबद्धता हुन सक्छ, नेपालमा तिनै ब्रान्डलाई क्यारी अन गर्न सके हाम्रो विज्ञापनको बजार पनि बढ्ने निश्चित छ तर यी सबै प्रवर्द्धन टेलिभिजन लोकप्रियता मापक अर्थात् टीआरपीका आधारमा हुनुपर्छ । जसको सिको हाम्र्रै नेपाली ब्रान्डले पनि गर्न सक्छन् र धेरै लाभ उठाउन सक्छन् ।

यसैगरी स्वदेशी र विदेशी ठूला व्यावसायिक सम्भाव्यता भएका उद्योग/व्यवसाय/ब्रान्ड जस्तै : शंकर ग्रूप, डाबर नेपाल, अम्बे ग्रूप, एनसेल, युनिलिभर, होङ्सी सिमेन्ट, डिसहोम, कोकाकोला, पेप्सी, शिवम् सिमेन्ट, बर्जर पेन्ट्स र एसियन पेन्ट्सजस्ता विज्ञापनदातासँग कम्तीमा वर्षमा एकपटक एड्भरटाइजिङ कन्फरेन्स/सेमिनार गर्न पाए विज्ञापनको इम्प्याक्ट स्पष्ट देखाउन सकिन्थ्यो कि !

विज्ञापन बजार इकोनोमीको विश्लेषण गर्दा वस्तु, सेवा, ब्रान्ड, उद्योगको लोकप्रियता, विश्वसनीयतासँगै भ्यालु एडिसन र पर्न सक्ने चेन इफेक्टका बारेमा पनि एड्भरटाइजिङ इकोनोमिस्टहरू उत्पादन हुन सके समग्र विज्ञापन इकोनोमीको दायरा अझै फराकिलो हुने थियो ।

नेपालमा विज्ञापन व्यवसायको संस्थागत विकास, नीतिगत प्रयास, समग्र राष्ट्रिय विज्ञापन नीति, ऐन निर्माण गर्ने शिलशिलामा कसले के गर्‍यो त्यसको मूल्यांकन समयमै होला तर जति हुनुपर्ने हो त्यो भने अवश्य भएको छैन । विशेषत: टेलिभिजन, रेडियो, विज्ञापन बजारजस्ता क्षेत्रमा बढी चासो राख्ने र यो क्षेत्रमा कार्य गर्नेहरूको दृष्टिमा नेपालमा टेलिभिजनको संख्या आवश्यकता भन्दा धेरै भएको देखिन्छ । नेपालमा यो हुनुको मुख्य कारण अक्कलविनाको नक्कल हो । एकले टीभी खोल्यो भने अर्कोले पनि टीभी खोल्ने परिपाटीले गर्दा यस्तो देखिएको हो । खासमा टीभी खोल्नुभन्दा पहिले रिसर्च हुनुपथ्र्यो र सम्बद्ध विज्ञापनदाता, एजेन्सी, बोर्डजस्ता निकायमा पर्याप्त छलफल हुन नसक्दा धेरैको घरबार डुबेको अवस्था छ ।

यसर्थ सञ्चालनमा आइसकेका टेलिभिजनहरूलाई पनि आफ्नो कार्यक्रम र गुणस्तरमा थप लगानी गरी दर्शकमाझ अझै लोकप्रियता प्राप्त गरी नेपाली टेलिभिजनलाई सब्सक्राइब मोडलमा तुरुन्तै लैजानुपर्ने देखिन्छ । जुन कुरा अन्तरराष्ट्रिय बजारमा निकै पहिलेदेखि नै प्रचलनमा आइसकेको छ । यसो गरिएन भने नेपाली विज्ञापन बजारले अहिले सञ्चालनमा रहेका टेलिभिजन च्यानलहरूलाई धान्न सक्दैन । मिडिया व्यवसायमाथि प्रश्न उठ्नुको अर्को कारण व्यवस्थापकहरूले विज्ञापनदाताहरूसँग गैरकानूनी सौदाबाजी गर्नु, आफूले चाहेको च्यानलमा विज्ञापनदाताले निर्बाध रूपमा स्वतन्त्रतापूर्वक विज्ञापन प्रवर्द्धन गर्न नपाउनु पनि हो ।

नेपालमा विगतमा गरिएको कानूनी व्यवस्थाअनुरूप विदेशी टेलिभिजनहरूमा प्रसारण हुँदै आएको विज्ञापन रोकिनु र स्वदेशी च्यानलमा विदेशी विज्ञापन रोकिनु अर्थात् ‘क्लिन फिड’ लागू गरिए पनि नेपाली टेलिभिजनको विज्ञापन बजार भने बढेको देखिँदैन । यसको पनि समीक्षा हुनु जरुरी छ ।

त्यतिमात्रै होइन क्लिन फिडको रिभ्यू, रिपोर्ट कुनै रिसर्च एजेन्सी, सरकारी निकाय, विज्ञापन व्यवसायी कहीँ कतैबाट चित्त बुझ्दो जवाफ पाउन सकिएको छैन । नेपालमा टेलिभिजनका वास्तविक टीआरपी नहुँदा टेलिभिजनको ट्यारिफ वैज्ञानिक रूपमा कार्यान्वयनमा ल्याउन विज्ञापनदाता, बाइङ हाउस र विज्ञापन एजेन्सी स्वयम्लाई व्यावहारिक रूपमा अप्ठ्यारो परिरहेको छ यसबारेमा समेत घनीभूत बहस हुन जरुरी छ ।

यता विदेशी टेलिभिजन फ्रेन्चाइज शो, विदेशी खेलकुद लाइभ वा अन्य विदेशी कन्टेन्टको नेपालमा उत्पादन तथा प्रसारण गर्नाले विदेशी विज्ञापनदाता मात्र नभई नेपाली विज्ञापनदाताले समेत कन्टेन्ट गुणस्तर, आकर्षक र लोकप्रियताकै कारण होला यस्ता कार्यक्रमले विज्ञापन बजार बढाएको नकार्न सकिँदैन ।

स्याटेलाइटबाहेक नेपालमा केबल, डीटीएच, आईपी टीभी सेवाप्रदायकले समेत निर्बाध रूपमा टेलिभिजन सञ्चालन गरिरहेका छन् । विज्ञापन बजारका हिसाबले यी सबै टेलिभिजनलाई विज्ञापनको दायरामा कसरी ल्याउने ? समस्या देखिएको छ र सँगसँगै बहुराष्ट्रिय कम्पनीको उत्पादन विक्रीवितरण र विज्ञापन प्रवर्द्धन भने बोर्डको आचारसंहिता र राष्ट्रिय विज्ञापन नीतिले समेट्ने अपेक्षा गरेका छौं । यद्यपि यस्ता नीति तथा आचारसंहिता घनीभूत छलफल र पर्याप्त गृहकार्यविना बनेको तथा आफैमा विरोधाभासपूर्ण भएको तर्क सुनिएको छ । केही विज्ञापनदाता, एजेन्सी तथा सञ्चारगृहले नै फरक मत राखेको पनि देखिन्छ । स्पष्ट कार्यदिशा र मापदण्ड नबन्दा कसरी कार्यान्वयनमा ल्याउने अन्योल छ, सधैंभरि अन्योलमा राख्ने कि अब समस्याको निकासतिर नियामक निकायले सोच्ने भन्न विषयमा बहस पेचिलो बनेको छ ।

यस सन्दर्भमा विज्ञापन बोर्ड, मिडिया र नेपाल विज्ञापन संघसँग गर्ने अपेक्षा भनेको विज्ञापन बजार नियमन मात्र नभई विज्ञापन प्रवर्द्धन गर्ने ऐन बनाउन पहलकदमी र पैरवी नै हो । विज्ञापन नियमन गर्ने ऐनले विज्ञापन बजारलाई फस्टाउनुभन्दा नियन्त्रण गर्दा झनै बजार खस्किन्छ भन्ने चिन्ता हुन थालेको छ ।

अर्कोतर्फ, विज्ञापन व्यवसायीको स्पष्ट मापदण्ड बनाई वर्गीकरण अझै हुन सकेको छैन । यसका कारण साँच्चिकै यही उद्योगको प्रवर्द्धन र उन्नयनमा जुटेका वास्तविक उद्योगीको मनोबल बढ्न सकेको छैन । यसैगरी विज्ञापन व्यवसायलाई प्राथमिक व्यवसाय/उद्योगभन्दा रमाइलोका लागि सेकेन्डरी व्यवसायका रूपमा आत्मसात् गर्ने प्रवृत्ति बढ्दो छ र केही स्थापित भनिएका विज्ञापन व्यवसायीसमेत वैकल्पिक व्यवसायमा होमिन थालिसकेका छन् ।

विज्ञापन बजारमा मुख्य चुनौतीका रूपमा पछिल्लो समय गुणस्तरीय माध्यम नहुनु पनि हो । विज्ञापन प्रकाशन/प्रसारण गुणस्तरीय नभई दिँदा विज्ञापनदाताको विज्ञापनको गुणस्तर र सृजनशीलता छायामा परेको छ । टेलिभिजनको स्क्रीन र छापाको गुणस्तर राज्यको कुनै निकायले नियमन गरिदिने हो भने पनि विज्ञापनदाता, विज्ञापन एजेन्सी र टेलिभिजन सबैलाई फाइदा पुग्ने देखिन्छ । विज्ञापन उद्योग र व्यवसायीलाई मात्र तोकिएको सेवा शुल्कको भागीदार बनाइने गरिएको छ । समग्र उद्योग/ब्रान्डको प्रवर्द्धक रूपमा बुझिदिँदा उनीहरूलाई आत्मसम्मान मिल्ने र केही प्रतिशत सेवा शुल्कका लागि विज्ञापन व्यवसायीले शतप्रतिशत जोखिम मोल्नुपर्ने अवस्था आउने थिएन ।

विज्ञापनको दायरा बढाउन सहयोग पुर्‍याउनुपर्ने नेपाल विज्ञापन बोर्ड नियमनमा बढी केन्द्रित भइदिनाले दर रेट, बिलबीजक, त्रिपक्षीय सम्झौता, बाध्यकारी विज्ञापन र कपिराइटजस्ता विषय समेटी आचारसंहिता जारी गर्दै गर्दा कोभिडपश्चात् खुम्चिसकेको र क्लिन फिडपश्चात् झनै घटेको विज्ञापन बजार अझै खुम्चिने डर पैदा भएको छ । यस्ता आपसी समझदारीमा तय गरिने कार्यमा केन्द्रित नभई एजेन्सीको वर्गीकरण तथा विज्ञापन बजारलाई आवश्यक अध्ययन विश्लेषण र अन्तरराष्ट्रिय बजारीकरणमा जोड दिएमा बजार बढ्ने अड्कल काट्न सकिन्छ । कारोबारलगायत विभिन्न आधार बनाई एजेन्सीको वर्गीकरण गरी सरकारी सहुलियत दिन ढिला नगर्ने हो भने पनि यो क्षेत्रको विस्तार राम्र्रै तवरले हुने थियो ।

विज्ञापन बजारको विस्तार गर्न राज्यले यतिमात्रै गरेर पुग्दैन, दायित्वको सम्बन्धमा विज्ञापनदाता, मिडिया, एजेन्सीलाई बोर्डले प्रत्यक्ष नियमन गरी दु:ख दिने अभिप्राय राख्ने कुनै पनि निकायलाई कानूनी दायरामा ल्याउन पहल गर्नुपर्छ । पीआरको गलत फाइदा उठाई केही विज्ञापनदाता तथा मिडियाले सीमित समयका लागि लाभ लिए पनि अन्तत: यसले विज्ञापनको बजार घटाएको छ, यसको नियमन जरुरी छ ।

समग्रमा सम्बद्ध सरोकारवाला सबैले एड्भरटाइजिङ इकोनोमीको बहस गरी राष्ट्रिय अर्थतन्त्रमा यो क्षेत्रको योगदान बढाई पेशालाई मर्यादित बनाउनु जरुरी छ ।

लेखक विज्ञापन व्यवसायी तथा नेपाल विज्ञापन संघ आनका कार्यसमिति सदस्य हुन् ।

प्रकाशित लिंक: https://abhiyandaily.com/newscategory-detail/420606?fbclid=IwAR0K5FtORWoaBmgBbXKL9KkRFNhRLbqQuPw022t0DztG1VKP0ZYuMfM_5qc

टेलिभिजन विज्ञापन बजारलाई उठाउने कसरी ?

नेपालबाहिरका नेपाली दर्शकलाई पनि तान्ने गरी सामग्री बनाउन सके टेलिभिजन विज्ञापन बजार थप फस्टाउन सक्छ । विश्वमा टेलिभिजन सुरु भएको छ दशक र भारतमा सुरु भएको २५ वर्षपछि मात्र नेपालमा टेलिभिजन स्थापना भएको इतिहास छ । त्यसमा पनि नेपाल टेलिभिजनले एकछत्र राज गरेको १६ वर्षपछि मात्र निजी क्षेत्रका टेलिभिजन खुले । त्यसयताका करिब दुई दशकमा भने नेपाली टेलिभिजन क्षेत्र व्यापक भएको छ । टेलिभिजन च्यानलको संख्या, सामग्रीको विविधता र सञ्चार प्रविधिमा नेपाली टेलिभिजन क्षेत्रले निकै फड्को मारेको छ । गुणस्तरीय कार्यक्रम र प्रविधिमा लगानी गर्ने हो भने दर्शक र विज्ञापनदाताले सहर्ष स्विकार्ने रहेछन् भन्ने प्रमाणित पनि भएको छ । यद्यपि, मुलुकमा टेलिभिजन विज्ञापन बजार भने यथेष्ट छैन । आय बढाउनकै लागि टेलिभिजनहरूले ‘फ्रेन्चाइज रियालिटी सो’ जस्ता उपाय अपनाउन थालेका छन् । यसमा देखासिकी बढ्दो छ, यति धेरै कार्यक्रमलाई नेपाली विज्ञापन बजारले धान्न सक्छ कि सक्दैन भनेर अध्ययन भएको छैन । अध्ययन गर्न जरुरी ठानेको जस्तो पनि देखिन्न । तैपनि नेपाली दर्शकले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम हेर्न पाउनुलाई उपलब्धि नै मान्नुपर्छ ।

आय बढाउनका लागि केही टेलिभिजनले गुणस्तर सुधारे भने केहीले कार्यक्रम । आफूले चाहेको टेलिभिजन वा कार्यक्रमलाई मात्र विज्ञापन वितरण गर्न सक्ने अवस्था छैन । च्यानल र फ्रेन्चाइज कार्यक्रम बढ्दा विज्ञापनदाता र एजेन्सीलाई चाप बढेको छ । एउटा टेलिभिजनमा विज्ञापन देखिनासाथ अरू सञ्चारमाध्यमले ‘बार्गेनिङ’ गर्ने प्रवृत्ति बढ्दो छ । कोभिडका कारण टेलिभिजनहरूले सञ्चालन खर्च निर्मम तवरले घटाइरहेका छन् ।

नेपाली टेलिभिजनले आफ्ना कार्यक्रमहरू तुरुन्त डिजिटल प्लेटफर्ममा अपलोड गर्नु, टेलिभिजनको लोकप्रियताको मापदण्डै डिजिटल प्लेटफर्मलाई बनाउनु पनि बजार घट्नुको एक मुख्य कारण हो । डिजिटल प्लेटफर्मलाई नै प्राथमिकता दिएर कार्यक्रम निर्माण गरिनाले पनि बजार र प्रभाव घटेको छ । अर्को, बजारले धान्नै नसक्ने गरी च्यानलहरू खुल्नु र विज्ञापनदाता तथा एजेन्सीले ब्रान्ड अनुसार लक्षित दर्शकमा पुग्ने कार्यक्रम र टेलिभिजनमा मात्र विज्ञापन गर्न नपाउनु पनि हो ।

कुनै नयाँ ‘क्याम्पेन’ गर्दा १०–१५ वटा टेलिभिजनसहित अनगिन्ती सञ्चारमाध्यममा विज्ञापन दिनैपर्ने अवस्था छ । विज्ञापन नदिए विभिन्न ‘इस्यु’ निकाली ब्रान्ड र विज्ञापनदाताको व्यक्तिगत चरित्र नै हत्या गर्ने गरी अमर्यादित सामग्री बनाउने परिपाटी छ । मूलधारका कतिपय जिम्मेवार सञ्चारमाध्यमले यसो नगरे पनि सबै सफा नियतका छैनन् । यही कारण, विज्ञापनदाताहरू हच्किन थालेका छन् । विज्ञापन दिनुभन्दा नदिनुमै आफू र कम्पनीलाई सुरक्षित महसुस गर्न थालेका छन्, जसले गर्दा विज्ञापन बजार घटेको छ । अर्को, विज्ञापनमार्फत वैदेशिक मुद्रा सञ्चितिमा परेको चापबारे पनि विमर्श भएकै छैन । सामाजिक सञ्जालमा गरिने विज्ञापन खर्च – जुन विदेशी मुद्रा वा डलरमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ – बारे नेपाल राष्ट्र बैंकसँग पनि वास्तविक आँकडा नहुन सक्छ । सरकारले यसको नियन्त्रण गर्न नसक्दा नेपाली मुद्रा बिदेसिएको त छ नै, साथमा टेलिभिजन उद्योग खोलेर बसेका उद्यमीहरू समस्याग्रस्त भएका छन् । अझ, यसैलाई प्रश्रय दिने गरी टेलिभिजन व्यवस्थापकहरूले अनजानमै आफ्ना सामग्रीहरू सामाजिक सञ्जालमा सहजै उपलब्ध गराउन थालेका छन्, जसलाई गलत अभ्यास भन्दा अत्युक्ति नहोला ।

इन्टरनेटको विकासले सकारात्मक प्रभाव पनि नपारेको होइन । विगतमा समय निकालेर निर्दिष्ट समयमै हेर्नुपर्ने कार्यक्रम अहिले फुर्सदमा हेर्न सकिन्छ । यसलाई टेलिभिजन व्यवस्थापकहरूले व्यवस्थापन गर्न नजान्दा मात्रै उद्योगमा संकट परेको हो । आफ्ना मौलिक निर्माणहरूका हकमा त टेलिभिजनहरूले सामाजिक सञ्जालको बाटो रोज्नै हुँदैन । टेलिभिजनबाहेक आफ्नै एप वा वेबसाइटबाट मात्र कार्यक्रम हेर्न मिल्ने व्यवस्था गरेमा टेलिभिजन उद्योगको भविष्य सुनिश्चित छ । अझ यस्ता सामग्री शुल्क तिरेर मात्र हेर्न मिल्ने व्यवस्था गर्न सकिएमा थप आम्दानी हुन सक्छ । भारतलगायतका विकसित मुलुकहरूमा अभ्यास भैसकेको यस्तो परिपाटीबारे नेपाली टेलिभिजन उद्यमीहरूबीच पनि कुरा मिल्न सक्नुपर्छ । यस्तै, प्रतिलिपि र बौद्धिक अधिकारका लागि यथोचित पहल गर्न सकेमा पनि प्रभावका हिसाबले सबैभन्दा सशक्त सञ्चार माध्यमका रूपमा टेलिभिजन रहिरहन सक्छ । र, टेलिभिजन विज्ञापन बजार थप मर्यादित र प्रभावकारी पनि हुन सक्छ ।

खुम्चिँदो विज्ञापन बजारका बावजुद टेलिभिजनको संख्या बढ्नु नेपाली व्यावसायिक मनोविज्ञानको उपज हो । यस सन्दर्भमा नेपालीको व्यवसाय किन डुब्छ भनेर निर्क्योल निकाल्दा एउटै उत्तर आउँछ- अध्ययन–अनुसन्धान नगरी लहलहैमा व्यवसाय गर्ने परिपाटी ।

विज्ञापनका लागि टेलिभिजन उद्यमीहरूले रचनात्मक उपाय लगाउन सकेका छैनन्, र आफूहरू धराशायी भएको निष्कर्षमा पुग्दै छन् । तर आयकै लागि पत्रकारिताको धर्म र आचारसंहिता उल्लंघन गरी कसैलाई बोक्ने र कसैको व्यावसायिक मानमर्दन हुने गरी सामग्री बनाई प्रसारण गर्ने क्रियाकलापले गर्दा पनि केही नेपाली टेलिभिजन उद्यमी बदनाम भएको वास्तविकता छ ।

नयाँ मिडिया जति सशक्त रूपमा आए पनि टेलिभिजनको महत्त्व अझै उत्तिकै छ, तर यसलाई प्रमाणित गर्न टेलिभिजन उद्यमीहरूले सक्नुपर्छ । प्रविधिको विकाससँगै फराकिलो बनेका सञ्चारमाध्यमका दायराहरूमा फक्रन सक्नुपर्छ । सामाजिक सञ्जालको विश्वसनीयता घट्दै गइरहेको परिप्रेक्ष्यमा टेलिभिजनप्रति जनविश्वास कायमै राख्न अझ सहज छ । ‘हाई डेफिनेसन’ मा प्रत्यक्ष प्रसारण गर्न सक्ने क्षमताका कारण पनि टेलिभिजनको महत्त्व अझै व्यापक छ । अहिले विश्वमा १ अर्ब ६७ करोड घरमा टेलिभिजन सेट रहेको अनुमान गरिन्छ । नेपालमा ४० लाखभन्दा बढी घरमा टेलिभिजन भएको तथ्यांक हुँदा मोबाइलमार्फत टेलिभिजन हेर्नर्कोे संख्या अझ बढी रहेको मानिन्छ । नेपालको कन्टेन्टलाई विदेशी बजारमा पुर्‍याउन सकेमा यसको दायरा अझ बढाउन सकिन्छ । नेपालबाहिरका नेपाली दर्शकलाई पनि तान्ने गरी सामग्री बनाउन सके, यी सबै पक्षको व्यवस्थापन मिलाउन सके टेलिभिजन विज्ञापन बजार थप फस्टाउन सक्छ ।

सुवेदी नेपाल विज्ञापन संघ (आन) का कार्यसमिति सदस्य हुन् ।

प्रकाशित : फाल्गुन २६, २०७९ ०७:२४, कान्तिपुर लिंक: 

टेलिभिजन विज्ञापन बजारलाई उठाउने कसरी ?

प्रकाशित श्रोत: कान्तिपुर

प्रकाशित लिंक: https://ekantipur.com/opinion/2023/03/10/167841239234076971.html?fbclid=IwAR0pr3U1N8WS5wrdqPdqRopCGTNNm3t7JTq8b-9rsKI1wfb6f6u4bWacJXk