Published Link: Click Here
काठमाडौं । मिडिया उद्यमी एवम् एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ ।
बुधबार काठमाडौंस्थित होटल हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बीच सुवेदीलाई सो अवार्ड दिइएको हो ।
सुवेदीलाई द बेस्ट मिडिया बिजिनेस पर्सनका रुपमा सम्मानित गरिएको हो । सुवेदीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, गीता एभियसनका प्रवन्ध निर्देशक क्याप्टेन जनक अधिकारी र इभेन्टका निर्देशक सोनितराज ढुंगेलले उनलाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गरेका थिए । नेपालको मिडियाको उत्थानका लागि विज्ञापन उद्योगबाट ठूलो योगदान पुर्याएबापत उनलाई यो सम्मान गरिएको हो ।
कार्यक्रममा नायक प्रदिप खड्का, नायिका स्वस्तीमा खड्का, गायक दिप श्रेष्ठ गायिका अन्जु पन्त, सामाजिक अभियन्ता भिम उपाध्याय, भारतिय अभिनेत्री डा. रुना शर्मा, भारतिय वरिष्ठ पत्रकार तथा पत्रकार महासंघ, उत्तराखण्ड महासचिव प्रदीप फुटेला, चेम्बर्स अफ कमर्श उपाध्यक्ष तथा साल्ट ट्रेडिङ्गका प्रमुख उर्मिला श्रेष्ठलगायतलाई अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, शम्भुजीत बास्कोटा, भुवन केसी, वसुन्धारा भुषाल, किरण केसी, अम्बिका श्रेष्ठ, डा. सुशिला मल्ल, भाष्करराज कर्णिकार, डा. भोला रिजाल, भारतिय अभिनेत्री सोना, शिवहरि पौडेल, किरण केसीलगायतलले अवार्ड वितरण गरेका थिए ।