एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदीलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड

Published Link: Click Here

काठमाडौं । मिडिया उद्यमी एवम् एडी रिलिजका प्रवन्ध निर्देशक  हरिशरण सुवेदीलाई ग्यालेक्सी एक्सिलेन्स अवार्ड प्रदान गरिएको छ ।

बुधबार काठमाडौंस्थित होटल हायात प्यालेसमा आयोजित एक कार्यक्रमका बीच सुवेदीलाई सो अवार्ड दिइएको हो ।

सुवेदीलाई द बेस्ट मिडिया बिजिनेस पर्सनका रुपमा सम्मानित गरिएको हो । सुवेदीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, गीता एभियसनका प्रवन्ध निर्देशक क्याप्टेन जनक अधिकारी र  इभेन्टका निर्देशक सोनितराज ढुंगेलले उनलाई ट्रफी र प्रमाणपत्रसहित सम्मान गरेका थिए । नेपालको मिडियाको उत्थानका लागि विज्ञापन उद्योगबाट ठूलो योगदान पुर्‍याएबापत उनलाई यो सम्मान गरिएको हो ।

कार्यक्रममा नायक प्रदिप खड्का, नायिका स्वस्तीमा खड्का, गायक दिप श्रेष्ठ गायिका अन्जु पन्त, सामाजिक अभियन्ता भिम उपाध्याय, भारतिय अभिनेत्री डा. रुना शर्मा, भारतिय वरिष्ठ पत्रकार तथा पत्रकार महासंघ, उत्तराखण्ड महासचिव प्रदीप फुटेला, चेम्बर्स अफ कमर्श उपाध्यक्ष तथा साल्ट ट्रेडिङ्गका प्रमुख उर्मिला श्रेष्ठलगायतलाई अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, शम्भुजीत बास्कोटा, भुवन केसी, वसुन्धारा भुषाल, किरण केसी, अम्बिका श्रेष्ठ, डा. सुशिला मल्ल, भाष्करराज कर्णिकार, डा. भोला रिजाल, भारतिय अभिनेत्री सोना, शिवहरि पौडेल, किरण केसीलगायतलले अवार्ड वितरण गरेका थिए ।

Rastrakhabar.com: Media businessman Subedi honoured by the Reporters Club

News covered by Rastrakhabar Online News Portal, 31 March 2023 of Mr. Subedi receiving honours from the Prime Minister at the 25th Anniversary of the Reporters Club Nepal

काठमाडौं । मिडिया उद्यमीहरु हरिशरण सुवेदी र प्रमाेद सुवेदी रिपाेर्टर्स क्लबबाट सम्मानित भएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा सुवेदीद्वयलाई विशेष सम्मान गरिएकाे हाे ।

नेपाली टेलिभिजन विज्ञापन बजारमा विगत अढाइ दशकदेखि अनवरत रुपमा क्रियाशिल रहँदै टेलिभिजन उद्याेगकाे श्रीवृद्धिमा अतुलनीय याेगदान पुर्‍याएकाे भन्दै  उक्त सम्मान गरिएकाे हाे ।

टेलिभिजन विज्ञापन बजारकाे संस्थागत विकासलाई थप उचाइमा पुर्‍याएकाे उल्लेख गर्दै  रिपाेर्टर्स क्लवले एडी रिलिजका मिडिया व्यवसायीद्वयलाई सम्मान गरेकाे हाे ।

हरिशरण सुवेदी एडी रिलिजका प्रवन्ध निर्देशक हुन् भने प्रमाेद सुवेदी वित्त निर्देशक हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार आयाेजित कार्यक्रममा उनीहरुलगायत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएकाे  थियाे ।

साे अवसरमा वाेल्दै प्रधानमन्त्री दाहालले भने–‘ देश अहिले आर्थिक रुपले अप्ठ्यारो अवस्थामा गुज्रिएको छ । सुशासनको कुरा पनि छ । उनले थप प्रकाश पार्दै भने,’ रेमिट्यान्सको स्थितिमा गुणात्मक सुधार छ, राजश्व संकलनमा पनि सुधार छ । हामी विदेशी सञ्चितीमा त धेरै राम्रो अवस्थामा आईपुगेका छौं । मैले प्रधानमन्त्रीको हैसियतमा अर्थमन्त्रालय, राष्ट्र बैंकका गभर्नरसँग पनि पटक–पटक बैठक बसेर आर्थिक क्षेत्रमा देखिएको समस्या हल गर्न पहल गरेको छु ।’

नेपाली विज्ञापन बजारमा आफूलाई अब्बल सावित गरेका सुवेदीद्वय गत वर्ष पनि रिपाेर्टर्स क्लवकाे वार्षिकाेत्सवमा सम्मानित भएका थिए । उनीहरु यसअघि विभिन्न दर्जनाै‌ं सम्मानबाट सम्मानित भइ सकेका छन् ।

यसरी उदाए सुवेदी- राजाधानी पत्रिका

यसरी उदाए सुवेदी

मकवानपुर मनहरिमा २०३६ सालमा एक बालकको जन्म हुन्छ । सामान्य पारिवारिक पृष्ठभूमि । तिनै बालक आज मिडिया मार्केटिङ फाँटमा हरिशरण सुवेदी भएर उदाएका छन् । ‘स्वदेशमै केही गर्न सकिन्छ’ भन्ने सोचसाथ अघि बढेका उनले २०५७ मा एड एभिन्युज विज्ञापन एजेन्सीमा ‘मिडिया एक्जिक्यिुटभ’को भूमिकामा आफूलाई होमे । ‘मिडिया प्लानिङ’, ‘क्लाइन्ट सर्भिसिङ’देखि ‘मिडिया बाइङ’ (खरिद) तथा ‘प्रेस रिलिज’ सन्दर्भमा सुवेदी जम्दै गए । ‘प्रोडक्ट एनालिसिस’, ‘कम्पिटिटर एनालिसिस’, ‘संस्था तथा ब्रान्ड प्रोमोसनल क्याम्पेन’मा समेत उनको प्रत्यक्ष संलग्न बढ्दै गयो । अब भने सुवेदी विज्ञापन र बजारीकरण क्षेत्रमा स्थापित नाम बनिसके । हरेक काममा अघि सर्ने, स–साना कुरामा पनि ‘पर्फेक्सन’ खोज्ने उनको बानी छ । ‘नयाँनयाँ कुरा सिकेर त्यसको प्रयोग गर्ने हरदमको हुटहुटीले गर्दा नै यहा“सम्म आइपुगेको हुँ,’ सुवेदी भन्छन् ।

२०४६ सालपछि मात्र प्रभावकारी रूपमा विस्तार हुन थालेको विज्ञापन मार्केटिङ फिल्ड २०४७ सालको परिवर्तनपछि व्यावसायिक बन्न थाल्यो । २०६० सम्म आइपुग्दा मिडिया हब वृहत् मिडिया बाइङ एजेन्सीका रूपमा देखापर्न थाल्यो । २०६३ मा मिडिया हवमा सहायक बजार प्रबन्धकका रूपमा आबद्ध भएदेखि नै सुवेदीले आफ्नो कला र सीपको प्रभाव देखाउन थाले । ‘तितोसत्य’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘झ्याँइकुटीझ्याइ“’, ‘भद्रगोल’जस्ता लोकप्रिय हा“स्य शृंखला उत्पादन गरी विक्री वितरण परिकल्पनामा उनको विशेष योगदान छ । ‘फिफा वल्र्डकप’, ‘कृति अवार्ड’, टेलिभिजन अवार्डलगायत इभेन्टमा सुवेदीको महत्वूर्ण हात छ । कम्पनी व्यवस्थापनमा नजिकबाट सघाउन र समकक्षी टिमलाई सफलतापूर्वक परिचालन गरेका सुवेदी छोटो समयमै मिडिया हबको ‘मार्केटिङ म्यानेजर’का रूपमा पदोन्नति भए ।

‘कर्म, मेहनत र लगनशीलतासाथ केही गर्नुपर्छ’ भन्ने विश्वास गर्ने सुवेदी र उनीनिकट सिर्जनशील समूहले २०७० मा एडी रिलिज प्रालि दर्ता ग-यो । औपचारिक रूपमा ठूलो भइसकेको टेलिभिजन विज्ञापन बजारमा हामफाले, सुवेदी । कठिन प्रतिस्पर्धात्मक बजार र जोखिमबाबजुद आँट, साहस र दृढताका आधारमा छोटो समयमै एडी रिलिजको सफलता बढ्दै गए । त्यसका भ्रातृ संस्था जन्माउँदै लगे र उनी यो उचाईसम्म पुगेका छन् । एडी रिलिज स्थापनादेखि नै प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका सुवेदी टिमका साथ लिई टेलिभिजन, एफएम, पत्रपत्रिका, फिल्म हलमा विज्ञापन संयोजन गरिरहेका छन् । आज एडी रिलिज नेपालमा सञ्चालित विभिन्न ‘मिडिया बाइङ’ एजेन्सीमध्ये नम्बर १ एजेन्सी बन्न सफल भएको छ । अधिकांश टेलिभिजनलाई ठूलो परिमाणमा विज्ञापन उपलब्ध गराउने कम्पनीका रूपमा एडी रिलिज स्थापित छ । धेरैजसो टेलिभिजनका वार्षिकोत्सवमा ‘बेस्ट एजेन्सी’ उपाधि प्राप्त गरिरहनुले पनि एडी रिलिजप्रतिको विश्वास चुलिँदै गएको बुझ्न सकिन्छ ।

नयाँनयाँ तरीका प्रतिपादन गर्दै दातालाई विज्ञापनको प्रभावकारिता’bout विश्वस्त पार्दै टेलिभिजनमा गरिने विज्ञापनको दायरा बढाउनुमा सुवेदीको प्रमुख भूमिका छ । टेलिभिजन विज्ञापनको दायरा बढाउन गरेको योगदानकै कदरस्वरुप उनले रिपोर्टर्स क्लबको अगुवाईमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट पुरस्कार पाए । खेलकुदका विभिन्न प्रतिस्पर्धा ‘ब्रान्डिङ र मार्केटिङ’ गरी खेल क्षेत्रलाई व्यावसायिक बनाउने प्रयास गरे । चर्चित ‘रियालिटी सो’का फ्रेन्चाइज ‘बिकाउन र टिकाउन सकिन्छ’ भन्ने मान्यता स्थापित गर्न सुवेदीको एजेन्सीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।



विश्व प्रसिद्ध ‘आइडल फ्रेन्चाइज’अन्तर्गत ‘नेपाल आइडल’को पहिलो र तेस्रो संस्करण, ‘द भ्वाइस अफ नेपाल’को पहिलो संस्करणका साथै मौलिक नेपाली रियालिटि सो ‘कमेडी च्याम्पियन’ (दोस्रो संस्करण)को कुशल बजारीकरणको नेतृत्वकर्ता सुवेदीले पछिल्लो समय भारतीय रियालिटी फ्रेन्चाइज ‘सारेगमप लिटल च्याम्प्स नेपाल’को विज्ञापन सर्वाधिकारको जोखिम लिँदै त्यसलाई सफल बनाउन प्रमुख भूमिका खेले । अर्को प्रसिद्ध भारतीय ‘रियालिटी सो सुपर डान्सर’को नेपालमा ‘फ्रेन्चाइज’ चलाउने सर्वाधिकार लिई कार्यक्रम उत्पादन, विक्रीवितरण तथा बजार व्यवस्थापनमा हात हाल्नु जबर्जस्त निर्णय र प्रदर्शन थियो ।

कार्यक्रम अझ प्रख्यात बनाउन बलिउड स्टार गोविन्दालाई अतिथिका रूपमा ल्याउने आँटसमेत सुवेदीले गरे । मौलिक कार्यक्रम तथा श्रष्टालाई पनि माया गर्दै दर्शकसामु उत्कृष्ट कार्यक्रम पस्कन रुचाउने सुवेदीले चर्चित कमेडी शृंखला ‘सक्किगोनी’को डिजिटल सर्वाधिकारसहित ईएच डिजिटल युटुब च्यानलमार्फत प्रशारण गर्दै आएका छन् ।



हाल एडी रिलिजसँगै एडभर्टिजमेन्ट रिलिज, टेलिजेन्ज प्रालि र एभरेस्ट हेडलाइन्स गरी चार कम्पनी एकसाथ सञ्चालन गरिरहेका छन्, सुवेदी । २२ वर्षभन्दा बढी समयको अनुभवले निखारिएका सुवेदी अहिले करिब सय जनाको टिम कुशल व्यवस्थापन गरिरहेका छन् । सोसल मिडियाको युगभन्दा अनलाइन र त्यसभन्दा पनि रेडियो, टेलिभिजनको युगमा उनले विज्ञापन प्रसारणका अनेक प्रयोग प्रतिपादन गरे । रेडियो वा टेलिभिजनमा बज्ने विभिन्न फरक सामग्रीलाई ‘कसरी प्याकेजिङ गर्ने अनि त्यसलाई कसरी व्यावसायीकरण गर्ने ?’ विषयमा उनले गरेका प्रयोग सान्दर्भिक र व्यावहारिक सिद्ध भएका छन् ।

विज्ञापनदातालाई नयाँनयाँ ‘प्लेटफर्म’ उपलब्ध गराउन निपुण सुवेदी ‘बजारले के खोजेको छ ?’, ‘दर्शक के चाहन्छन् ?’ र ‘अहिलेको मार्केटिङ ट्रेन्ड कस्तो चल्दै छ ?’ भन्नेमा हरदम सजग रहन्छन् । सीप निखार्न भारत, अमेरिका, जापान, सिंगापुर, दुबई, अस्ट्रेलिया र युरोपका विभिन्न देश अध्ययन भ्रमणसमेत गरिसके, सुवेदीले । नेपाल विज्ञापन संघका कार्यकारी सदस्य, नेपाल चेम्बर अफ कमर्सको सूचना तथा सञ्चार प्रविधि विकास समिति सदस्यका रूपमा समेत आबद्ध उनी आफ्ना अनुभव अझ फराकिलो बनाउन प्रयत्नशील छन् । उच्च व्यावसायिक संस्कार, नम्र स्वभाव र सिर्जनशील विचार पाल्ने सुवेदी विज्ञापन बजार चलायमान बनाइराख्न र सम्बन्धित सबै क्षेत्रलाई सन्तुष्ट बनाइराख्न सफल मानिन्छन् ।

विश्वासयोग्य मिडिया बाइङ एजेन्सीका रूपमा एडी रिलिजलाई स्थापित गर्न सुवेदीले खेलेको भूमिका जो कोही र विज्ञापन व्यवसायलाई आफ्नो पेशा बनाउनेका लागि प्रेरणाको स्रोत बन्नसक्छ । ‘आउने सन्ततिले आफूले जस्तै कर्मलाई निरन्तरता दिए हुन्थ्योजस्तो लाग्छ तर आउने समय, परिवेश, कस्तो हुने हो ? त्यसअनुरुप सबैले आफ्नो बाटो आफैं बनाउनैपर्छ,’ उनी भन्छन्, ‘दिलोज्यान दिएर लागिपरेको यो सेवामुलक उद्योग श्रीवृद्धि बाचुञ्जेल देखिरहन पाएँ आत्मसन्तुष्टि मिल्नेछ ।’

जीवनमा सफलता मिलिरहँदा ‘नमात्तिने’ र असफल हुँदा ‘नआत्तिने’ स्वभावका सुवेदी दुःखमा ‘हतोत्साही नहुन र सुखमा संयम अपनाउन’ पत्नी लक्ष्मी भट्ट सुवेदीको सल्लाह सधैं सम्झिरहन्छन् । ‘परिवारको सत्कर्मरूपी संस्कार र सकारात्मक उत्प्रेरणाले २०५७ सालपछि पछाडि फर्कनुपरेको छैन,’ दुई सन्तानका पिता भइसकेका सीता र भक्तबहादुर सुवेदीका साँहिला छोरा सुवेदी सुनाउ“छन् ।

एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदी सम्मानित

पाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल टेलिभिजनसँग उत्कृष्ट व्यापारिक कारोबार गरेकाले उनलाई मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा सम्मान गरिएको हो। समारोहमा प्रवन्ध निर्देशक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उत्कृष्ट विज्ञापन एन्जेन्सीको अवार्डबाट सम्मान गरिएको थियो।

२०७० सालमा स्थापना भएको एडी रिलिजको स्थापनादेखि नै प्रवन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हालेका सुवेदीको संस्थाले टेलिभिजन, एफएम, पत्रपत्रिका, फिल्म हलहरूमा विज्ञापन संयोजन गर्ने कार्य सफलता पूर्वक गर्दै आएको छ।

एडी रिलिज नेपालमा सञ्चालित विभिन्न विज्ञापन बाइङ एजेन्सीहरूमध्ये उत्कृष्ट एजेन्सीको रूपमा रहँदै आएको छ। अधिकांश टेलिभिजनहरूलाई ठूलो परिमाणमा विज्ञापन उपलब्ध गराउने कम्पनीको रूपमा एडी रिलिज स्थापित छ।

आनको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन, संघको छबि उचो बनाउन योगदान दिने प्रतिबद्धता

काठमाडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् । संघको यही बैशाख ३ गते बसेको ४८९औं बैठकले सर्वसम्मत रूपमा कार्यसमिति सदस्यमा हरिशरण सुवेदीलाई चयन गरेको हो ।

सुवेदीले विज्ञापन बजारमा भएको बेथितिलाई समाधान गरी संस्थागत सुशासन र बिकासमा राम्रो र मर्यादित ब्यवसायको योगदान गर्ने सोच रहेको बताएका छन् । त्यस्तै, उनले संघको मर्यादा र गरिमालाई उच्च सम्मान गर्दै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

यसैबीच सुवेदीले उद्योग कलकारखाना सेवामूलक ब्यवसाय मर्यादित बनाउन बिज्ञापन ब्यवसायीको भूमिका सरकारको जस्तै महत्ववपूर्ण हुने बताए । बजारको अब्बल एजेन्सीको रूपमा स्थापित हुन पेसाप्रतिको निष्ठा सबैभन्दा महत्वपूर्ण हुने सुवेदीको ठम्याइ छ ।

आफ्नो योगदानको कदर गर्दै संघको कार्यसमिति सदस्यमा चयन गरेकोमा आनका सम्पूर्ण कार्यसमिति, पूर्व अध्यक्षलगायतलाई धन्यवाद दिदै सुवेदीले निष्ठापूर्वक कार्यसम्पादन गरी आनको छबि अझ उचो बनाउन योगदान दिने प्रतिबद्धता दोहो¥याएका छन् ।

यसैबीच सुवेदीले उद्योग कलकारखाना सेवामूलक ब्यवसाय मर्यादित बनाउन बिज्ञापन ब्यवसायीको भूमिका सरकारको जस्तै महत्ववपूर्ण हुने बताए । बजारको अब्बल एजेन्सीको रूपमा स्थापित हुन पेसाप्रतिको निष्ठा सबैभन्दा महत्वपूर्ण हुने सुवेदीको ठम्याइ छ ।

आफ्नो योगदानको कदर गर्दै संघको कार्यसमिति सदस्यमा चयन गरेकोमा आनका सम्पूर्ण कार्यसमिति, पूर्व अध्यक्षलगायतलाई धन्यवाद दिदै सुवेदीले निष्ठापूर्वक कार्यसम्पादन गरी आनको छबि अझ उचो बनाउन योगदान दिने प्रतिबद्धता दोहो¥याएका छन् ।

प्रकाशित लिंक: https://www.news24nepal.tv/2021/04/28/772488?fbclid=IwAR00eMdW4IixO_IrGNf8o2COwxEd2bZC7kJMWUhpma8TCbcdkVVtJa2jFz4#.YIof-D5O57o.facebook

एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदी सम्मानित

पाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल टेलिभिजनसँग उत्कृष्ट व्यापारिक कारोबार गरेकाले उनलाई मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा सम्मान गरिएको हो। समारोहमा प्रवन्ध निर्देशक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उत्कृष्ट विज्ञापन एन्जेन्सीको अवार्डबाट सम्मान गरिएको थियो।

२०७० सालमा स्थापना भएको एडी रिलिजको स्थापनादेखि नै प्रवन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हालेका सुवेदीको संस्थाले टेलिभिजन, एफएम, पत्रपत्रिका, फिल्म हलहरूमा विज्ञापन संयोजन गर्ने कार्य सफलता पूर्वक गर्दै आएको छ।

एडी रिलिज नेपालमा सञ्चालित विभिन्न विज्ञापन बाइङ एजेन्सीहरूमध्ये उत्कृष्ट एजेन्सीको रूपमा रहँदै आएको छ। अधिकांश टेलिभिजनहरूलाई ठूलो परिमाणमा विज्ञापन उपलब्ध गराउने कम्पनीको रूपमा एडी रिलिज स्थापित छ।

वज्राचार्य र हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा यस वर्षको ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपालको मिस तर्फकी काठमाडौंकी सुदिक्षा वज्राचार्य वन्न सफल भईन वज्राचार्यले उपाधी सहित मस्ट पंक्च्यूल तथा मस्ट टैलेन्ट टाईटल समेत जित्न सफल भईन भने मिसेस तर्फ पर्वतकी उषा हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन । यसै गरि अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ्ग, सेकेण्ड रनर अप तथा वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन , माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल वेष्ट पर्सानिलीटी तथा वेष्ट र्याम्प वाक,ज्योती गिरी वेष्ट मल्टिमिडिया च्वाईस अवार्ड तथा वेष्ट स्पिच ,विपना भट्राई वेष्ट फोटोजेनिक,समिक्षा राई मस्ट डिसिप्लिन रहेका थिए । भने मिसेस तर्फ अन्य उपाधी पाउनेमा फस्ट रनर अप तथा मस्ट पंक्च्युयल सुनिता पहाङ्गो लिम्बु,सेकेण्ड रनर अप तथा मस्ट पपुलर,वेष्ट र्याम्प वाक र मल्टिमिडिया च्वाईस अवार्ड माया लामा ,भ्यूवर च्वाईस र वेष्ट स्किन विद्या श्रेष्ठ,मस्ट फोटोजेनिक वेष्ट सिगंर नुमा शेर्पा,मस्ट टैलेन्ट,अनुराधा पाठक रहेका थिए । वरिष्ठ मिडिया व्यबसायी हरि शरण सुवेदी, नायक रमेश उप्रेती, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्धक राजकुमार क्षेत्री, गायिका जुनु रिजाल,डा.श्याम महर्जन, शिक्षाविद् छविलाल पाण्डे तथा ईभेन्ट डाईरेक्टर निशुकान्त झा निर्णायक मण्डलमा रहेका थिए ।
आश्विनी झाले संचालन गरेको कार्यक्रमलाई प्रतियोगीहरुको कोरियोग्राफी समेत झाले नै गरेका थिए । काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा प्रतियोगीहरुको डेस डिजाईन प्याजेन्ट नेपालले गरेको थियो ।

गीता उप्रेतीको व्यबस्थापनमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो । सम्मान पाउनेहरुमा नायक रमेश उप्रेती, मिडिया व्यबसायी हरिशरण सुवेदी,सौन्दर्यकर्मी मन्जु खत्री, सौन्दर्यकर्मी मन्दिरा खड्का हायुः, मोडल प्रमीला सिलवाल, मोडल, सौन्दर्यकर्मी ममता खड्का सहकारीकर्मी एलिजा पुडासैनी, युवा उद्यमी कमला चुदारा,समाजसेवी देवी माया आचार्य ,महिला उद्यमी सरिता भट्राई श्रेष्ठ , युवा व्यबसायी शेर खान , पत्रकार किरण प्रसाद अधिकारी, गीतकार तथा कवि सुमन वैरागी कलाकार अमर श्रेष्ठ, युवा उद्यमी वालकृष्ण पोखरेल,गायक भरत समारी, सौन्दर्यकर्मी टीका पुन रहेका थिए ।
प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागि हुन पाउने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए।

कार्यक्रमलाई मुख्य प्रायोजन गरेको एन प्लस प्रोफेसनलले उपाधी विजेता तथा टाईटल विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।

टेलिभिजन विज्ञापन बजारलाई उठाउने कसरी ?

नेपालबाहिरका नेपाली दर्शकलाई पनि तान्ने गरी सामग्री बनाउन सके टेलिभिजन विज्ञापन बजार थप फस्टाउन सक्छ । विश्वमा टेलिभिजन सुरु भएको छ दशक र भारतमा सुरु भएको २५ वर्षपछि मात्र नेपालमा टेलिभिजन स्थापना भएको इतिहास छ । त्यसमा पनि नेपाल टेलिभिजनले एकछत्र राज गरेको १६ वर्षपछि मात्र निजी क्षेत्रका टेलिभिजन खुले । त्यसयताका करिब दुई दशकमा भने नेपाली टेलिभिजन क्षेत्र व्यापक भएको छ । टेलिभिजन च्यानलको संख्या, सामग्रीको विविधता र सञ्चार प्रविधिमा नेपाली टेलिभिजन क्षेत्रले निकै फड्को मारेको छ । गुणस्तरीय कार्यक्रम र प्रविधिमा लगानी गर्ने हो भने दर्शक र विज्ञापनदाताले सहर्ष स्विकार्ने रहेछन् भन्ने प्रमाणित पनि भएको छ । यद्यपि, मुलुकमा टेलिभिजन विज्ञापन बजार भने यथेष्ट छैन । आय बढाउनकै लागि टेलिभिजनहरूले ‘फ्रेन्चाइज रियालिटी सो’ जस्ता उपाय अपनाउन थालेका छन् । यसमा देखासिकी बढ्दो छ, यति धेरै कार्यक्रमलाई नेपाली विज्ञापन बजारले धान्न सक्छ कि सक्दैन भनेर अध्ययन भएको छैन । अध्ययन गर्न जरुरी ठानेको जस्तो पनि देखिन्न । तैपनि नेपाली दर्शकले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम हेर्न पाउनुलाई उपलब्धि नै मान्नुपर्छ ।

आय बढाउनका लागि केही टेलिभिजनले गुणस्तर सुधारे भने केहीले कार्यक्रम । आफूले चाहेको टेलिभिजन वा कार्यक्रमलाई मात्र विज्ञापन वितरण गर्न सक्ने अवस्था छैन । च्यानल र फ्रेन्चाइज कार्यक्रम बढ्दा विज्ञापनदाता र एजेन्सीलाई चाप बढेको छ । एउटा टेलिभिजनमा विज्ञापन देखिनासाथ अरू सञ्चारमाध्यमले ‘बार्गेनिङ’ गर्ने प्रवृत्ति बढ्दो छ । कोभिडका कारण टेलिभिजनहरूले सञ्चालन खर्च निर्मम तवरले घटाइरहेका छन् ।

नेपाली टेलिभिजनले आफ्ना कार्यक्रमहरू तुरुन्त डिजिटल प्लेटफर्ममा अपलोड गर्नु, टेलिभिजनको लोकप्रियताको मापदण्डै डिजिटल प्लेटफर्मलाई बनाउनु पनि बजार घट्नुको एक मुख्य कारण हो । डिजिटल प्लेटफर्मलाई नै प्राथमिकता दिएर कार्यक्रम निर्माण गरिनाले पनि बजार र प्रभाव घटेको छ । अर्को, बजारले धान्नै नसक्ने गरी च्यानलहरू खुल्नु र विज्ञापनदाता तथा एजेन्सीले ब्रान्ड अनुसार लक्षित दर्शकमा पुग्ने कार्यक्रम र टेलिभिजनमा मात्र विज्ञापन गर्न नपाउनु पनि हो ।

कुनै नयाँ ‘क्याम्पेन’ गर्दा १०–१५ वटा टेलिभिजनसहित अनगिन्ती सञ्चारमाध्यममा विज्ञापन दिनैपर्ने अवस्था छ । विज्ञापन नदिए विभिन्न ‘इस्यु’ निकाली ब्रान्ड र विज्ञापनदाताको व्यक्तिगत चरित्र नै हत्या गर्ने गरी अमर्यादित सामग्री बनाउने परिपाटी छ । मूलधारका कतिपय जिम्मेवार सञ्चारमाध्यमले यसो नगरे पनि सबै सफा नियतका छैनन् । यही कारण, विज्ञापनदाताहरू हच्किन थालेका छन् । विज्ञापन दिनुभन्दा नदिनुमै आफू र कम्पनीलाई सुरक्षित महसुस गर्न थालेका छन्, जसले गर्दा विज्ञापन बजार घटेको छ । अर्को, विज्ञापनमार्फत वैदेशिक मुद्रा सञ्चितिमा परेको चापबारे पनि विमर्श भएकै छैन । सामाजिक सञ्जालमा गरिने विज्ञापन खर्च – जुन विदेशी मुद्रा वा डलरमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ – बारे नेपाल राष्ट्र बैंकसँग पनि वास्तविक आँकडा नहुन सक्छ । सरकारले यसको नियन्त्रण गर्न नसक्दा नेपाली मुद्रा बिदेसिएको त छ नै, साथमा टेलिभिजन उद्योग खोलेर बसेका उद्यमीहरू समस्याग्रस्त भएका छन् । अझ, यसैलाई प्रश्रय दिने गरी टेलिभिजन व्यवस्थापकहरूले अनजानमै आफ्ना सामग्रीहरू सामाजिक सञ्जालमा सहजै उपलब्ध गराउन थालेका छन्, जसलाई गलत अभ्यास भन्दा अत्युक्ति नहोला ।

इन्टरनेटको विकासले सकारात्मक प्रभाव पनि नपारेको होइन । विगतमा समय निकालेर निर्दिष्ट समयमै हेर्नुपर्ने कार्यक्रम अहिले फुर्सदमा हेर्न सकिन्छ । यसलाई टेलिभिजन व्यवस्थापकहरूले व्यवस्थापन गर्न नजान्दा मात्रै उद्योगमा संकट परेको हो । आफ्ना मौलिक निर्माणहरूका हकमा त टेलिभिजनहरूले सामाजिक सञ्जालको बाटो रोज्नै हुँदैन । टेलिभिजनबाहेक आफ्नै एप वा वेबसाइटबाट मात्र कार्यक्रम हेर्न मिल्ने व्यवस्था गरेमा टेलिभिजन उद्योगको भविष्य सुनिश्चित छ । अझ यस्ता सामग्री शुल्क तिरेर मात्र हेर्न मिल्ने व्यवस्था गर्न सकिएमा थप आम्दानी हुन सक्छ । भारतलगायतका विकसित मुलुकहरूमा अभ्यास भैसकेको यस्तो परिपाटीबारे नेपाली टेलिभिजन उद्यमीहरूबीच पनि कुरा मिल्न सक्नुपर्छ । यस्तै, प्रतिलिपि र बौद्धिक अधिकारका लागि यथोचित पहल गर्न सकेमा पनि प्रभावका हिसाबले सबैभन्दा सशक्त सञ्चार माध्यमका रूपमा टेलिभिजन रहिरहन सक्छ । र, टेलिभिजन विज्ञापन बजार थप मर्यादित र प्रभावकारी पनि हुन सक्छ ।

खुम्चिँदो विज्ञापन बजारका बावजुद टेलिभिजनको संख्या बढ्नु नेपाली व्यावसायिक मनोविज्ञानको उपज हो । यस सन्दर्भमा नेपालीको व्यवसाय किन डुब्छ भनेर निर्क्योल निकाल्दा एउटै उत्तर आउँछ- अध्ययन–अनुसन्धान नगरी लहलहैमा व्यवसाय गर्ने परिपाटी ।

विज्ञापनका लागि टेलिभिजन उद्यमीहरूले रचनात्मक उपाय लगाउन सकेका छैनन्, र आफूहरू धराशायी भएको निष्कर्षमा पुग्दै छन् । तर आयकै लागि पत्रकारिताको धर्म र आचारसंहिता उल्लंघन गरी कसैलाई बोक्ने र कसैको व्यावसायिक मानमर्दन हुने गरी सामग्री बनाई प्रसारण गर्ने क्रियाकलापले गर्दा पनि केही नेपाली टेलिभिजन उद्यमी बदनाम भएको वास्तविकता छ ।

नयाँ मिडिया जति सशक्त रूपमा आए पनि टेलिभिजनको महत्त्व अझै उत्तिकै छ, तर यसलाई प्रमाणित गर्न टेलिभिजन उद्यमीहरूले सक्नुपर्छ । प्रविधिको विकाससँगै फराकिलो बनेका सञ्चारमाध्यमका दायराहरूमा फक्रन सक्नुपर्छ । सामाजिक सञ्जालको विश्वसनीयता घट्दै गइरहेको परिप्रेक्ष्यमा टेलिभिजनप्रति जनविश्वास कायमै राख्न अझ सहज छ । ‘हाई डेफिनेसन’ मा प्रत्यक्ष प्रसारण गर्न सक्ने क्षमताका कारण पनि टेलिभिजनको महत्त्व अझै व्यापक छ । अहिले विश्वमा १ अर्ब ६७ करोड घरमा टेलिभिजन सेट रहेको अनुमान गरिन्छ । नेपालमा ४० लाखभन्दा बढी घरमा टेलिभिजन भएको तथ्यांक हुँदा मोबाइलमार्फत टेलिभिजन हेर्नर्कोे संख्या अझ बढी रहेको मानिन्छ । नेपालको कन्टेन्टलाई विदेशी बजारमा पुर्‍याउन सकेमा यसको दायरा अझ बढाउन सकिन्छ । नेपालबाहिरका नेपाली दर्शकलाई पनि तान्ने गरी सामग्री बनाउन सके, यी सबै पक्षको व्यवस्थापन मिलाउन सके टेलिभिजन विज्ञापन बजार थप फस्टाउन सक्छ ।

सुवेदी नेपाल विज्ञापन संघ (आन) का कार्यसमिति सदस्य हुन् ।

प्रकाशित : फाल्गुन २६, २०७९ ०७:२४, कान्तिपुर लिंक: