एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदी सम्मानित

पाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल टेलिभिजनसँग उत्कृष्ट व्यापारिक कारोबार गरेकाले उनलाई मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा सम्मान गरिएको हो। समारोहमा प्रवन्ध निर्देशक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उत्कृष्ट विज्ञापन एन्जेन्सीको अवार्डबाट सम्मान गरिएको थियो।

२०७० सालमा स्थापना भएको एडी रिलिजको स्थापनादेखि नै प्रवन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हालेका सुवेदीको संस्थाले टेलिभिजन, एफएम, पत्रपत्रिका, फिल्म हलहरूमा विज्ञापन संयोजन गर्ने कार्य सफलता पूर्वक गर्दै आएको छ।

एडी रिलिज नेपालमा सञ्चालित विभिन्न विज्ञापन बाइङ एजेन्सीहरूमध्ये उत्कृष्ट एजेन्सीको रूपमा रहँदै आएको छ। अधिकांश टेलिभिजनहरूलाई ठूलो परिमाणमा विज्ञापन उपलब्ध गराउने कम्पनीको रूपमा एडी रिलिज स्थापित छ।

आनको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन, संघको छबि उचो बनाउन योगदान दिने प्रतिबद्धता

काठमाडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् । संघको यही बैशाख ३ गते बसेको ४८९औं बैठकले सर्वसम्मत रूपमा कार्यसमिति सदस्यमा हरिशरण सुवेदीलाई चयन गरेको हो ।

सुवेदीले विज्ञापन बजारमा भएको बेथितिलाई समाधान गरी संस्थागत सुशासन र बिकासमा राम्रो र मर्यादित ब्यवसायको योगदान गर्ने सोच रहेको बताएका छन् । त्यस्तै, उनले संघको मर्यादा र गरिमालाई उच्च सम्मान गर्दै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

यसैबीच सुवेदीले उद्योग कलकारखाना सेवामूलक ब्यवसाय मर्यादित बनाउन बिज्ञापन ब्यवसायीको भूमिका सरकारको जस्तै महत्ववपूर्ण हुने बताए । बजारको अब्बल एजेन्सीको रूपमा स्थापित हुन पेसाप्रतिको निष्ठा सबैभन्दा महत्वपूर्ण हुने सुवेदीको ठम्याइ छ ।

आफ्नो योगदानको कदर गर्दै संघको कार्यसमिति सदस्यमा चयन गरेकोमा आनका सम्पूर्ण कार्यसमिति, पूर्व अध्यक्षलगायतलाई धन्यवाद दिदै सुवेदीले निष्ठापूर्वक कार्यसम्पादन गरी आनको छबि अझ उचो बनाउन योगदान दिने प्रतिबद्धता दोहो¥याएका छन् ।

यसैबीच सुवेदीले उद्योग कलकारखाना सेवामूलक ब्यवसाय मर्यादित बनाउन बिज्ञापन ब्यवसायीको भूमिका सरकारको जस्तै महत्ववपूर्ण हुने बताए । बजारको अब्बल एजेन्सीको रूपमा स्थापित हुन पेसाप्रतिको निष्ठा सबैभन्दा महत्वपूर्ण हुने सुवेदीको ठम्याइ छ ।

आफ्नो योगदानको कदर गर्दै संघको कार्यसमिति सदस्यमा चयन गरेकोमा आनका सम्पूर्ण कार्यसमिति, पूर्व अध्यक्षलगायतलाई धन्यवाद दिदै सुवेदीले निष्ठापूर्वक कार्यसम्पादन गरी आनको छबि अझ उचो बनाउन योगदान दिने प्रतिबद्धता दोहो¥याएका छन् ।

प्रकाशित लिंक: https://www.news24nepal.tv/2021/04/28/772488?fbclid=IwAR00eMdW4IixO_IrGNf8o2COwxEd2bZC7kJMWUhpma8TCbcdkVVtJa2jFz4#.YIof-D5O57o.facebook

नेपाल विज्ञापन संघको सदस्यमा हरिशरण सुवेदी चयन

१४ वैशाख, काठमाडौं । नेपाल विज्ञापन संघको कार्यसमिति सदस्यमा हरिशरण सुवेदी चयन भएका छन् ।

संघको वैशाख ३ गते बसेको ४८९ औं बैठकले सुवेदीलाई सर्वसम्मत रूपमा कार्यसमिति सदस्यमा चयन गरेको हो ।

सदस्यमा चयन भएपछि उनले विज्ञापन बजारमा भएको बेथेतिलाई समाधान गरी संस्थागत सुसासन र विकासमा योगदान पुर्‍याउने बताए ।

सुवेदी झन्डै दुई दशक देखि नेपाली विज्ञापन जगतमा वस्तु उत्पादन सेवा ब्रान्डिङ मिडिया हाउसमा क्रियाशिल छन् ।

एडी रिलिजका प्रवन्ध निर्देशक सुवेदी सम्मानित

पाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको अवसरमा एडी रिलिजका प्रवन्ध निर्देशक हरिशरण सुवेदीलाई सम्मान गरिएको छ।

आर्थिक वर्ष २०७८/७९ मा नेपाल टेलिभिजनसँग उत्कृष्ट व्यापारिक कारोबार गरेकाले उनलाई मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा सम्मान गरिएको हो। समारोहमा प्रवन्ध निर्देशक सुवेदीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उत्कृष्ट विज्ञापन एन्जेन्सीको अवार्डबाट सम्मान गरिएको थियो।

२०७० सालमा स्थापना भएको एडी रिलिजको स्थापनादेखि नै प्रवन्ध निर्देशकको रूपमा जिम्मेवारी सम्हालेका सुवेदीको संस्थाले टेलिभिजन, एफएम, पत्रपत्रिका, फिल्म हलहरूमा विज्ञापन संयोजन गर्ने कार्य सफलता पूर्वक गर्दै आएको छ।

एडी रिलिज नेपालमा सञ्चालित विभिन्न विज्ञापन बाइङ एजेन्सीहरूमध्ये उत्कृष्ट एजेन्सीको रूपमा रहँदै आएको छ। अधिकांश टेलिभिजनहरूलाई ठूलो परिमाणमा विज्ञापन उपलब्ध गराउने कम्पनीको रूपमा एडी रिलिज स्थापित छ।

वज्राचार्य र हमाललाई यो वर्षको ‘मिस एण्ड मिसेस व्यूटिफुल’को उपाधी

काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा यस वर्षको ‘एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । पूर्व मन्त्री जिवन राम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व मन्त्री भगवती चौधरीको विशेष आतिथ्यतामा आयोजित उक्त प्रतियोगितामा यस वर्षको एन प्लस प्रोफेसनल मिस एण्ड मिसेस व्यूटिफुल नेपालको मिस तर्फकी काठमाडौंकी सुदिक्षा वज्राचार्य वन्न सफल भईन वज्राचार्यले उपाधी सहित मस्ट पंक्च्यूल तथा मस्ट टैलेन्ट टाईटल समेत जित्न सफल भईन भने मिसेस तर्फ पर्वतकी उषा हमालले मस्ट पपुलर र वेष्ट पर्सनालिटी सहित उपाधी जित्न सफल भईन । यसै गरि अन्य टाईटल जित्नेमा मिस तर्फ सन्तोषी रावल फस्ट रनर अप सहित मस्ट पपुलर तथा वेष्ट हेयर, विष्णु गुरुङ्ग, सेकेण्ड रनर अप तथा वेष्ट डान्सर, आर्जू खड्का थर्ड रनर अप तथा वेष्ट स्किन , माया बुढाथोकी भ्यूवर च्वाईस तथा वेष्ट स्माईल,सृष्टि ढकाल वेष्ट पर्सानिलीटी तथा वेष्ट र्याम्प वाक,ज्योती गिरी वेष्ट मल्टिमिडिया च्वाईस अवार्ड तथा वेष्ट स्पिच ,विपना भट्राई वेष्ट फोटोजेनिक,समिक्षा राई मस्ट डिसिप्लिन रहेका थिए । भने मिसेस तर्फ अन्य उपाधी पाउनेमा फस्ट रनर अप तथा मस्ट पंक्च्युयल सुनिता पहाङ्गो लिम्बु,सेकेण्ड रनर अप तथा मस्ट पपुलर,वेष्ट र्याम्प वाक र मल्टिमिडिया च्वाईस अवार्ड माया लामा ,भ्यूवर च्वाईस र वेष्ट स्किन विद्या श्रेष्ठ,मस्ट फोटोजेनिक वेष्ट सिगंर नुमा शेर्पा,मस्ट टैलेन्ट,अनुराधा पाठक रहेका थिए । वरिष्ठ मिडिया व्यबसायी हरि शरण सुवेदी, नायक रमेश उप्रेती, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महाप्रबन्धक राजकुमार क्षेत्री, गायिका जुनु रिजाल,डा.श्याम महर्जन, शिक्षाविद् छविलाल पाण्डे तथा ईभेन्ट डाईरेक्टर निशुकान्त झा निर्णायक मण्डलमा रहेका थिए ।
आश्विनी झाले संचालन गरेको कार्यक्रमलाई प्रतियोगीहरुको कोरियोग्राफी समेत झाले नै गरेका थिए । काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा प्रतियोगीहरुको डेस डिजाईन प्याजेन्ट नेपालले गरेको थियो ।

गीता उप्रेतीको व्यबस्थापनमा सम्पन्न कार्यक्रममा नेपालका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान प्रदान गरिएको थियो । सम्मान पाउनेहरुमा नायक रमेश उप्रेती, मिडिया व्यबसायी हरिशरण सुवेदी,सौन्दर्यकर्मी मन्जु खत्री, सौन्दर्यकर्मी मन्दिरा खड्का हायुः, मोडल प्रमीला सिलवाल, मोडल, सौन्दर्यकर्मी ममता खड्का सहकारीकर्मी एलिजा पुडासैनी, युवा उद्यमी कमला चुदारा,समाजसेवी देवी माया आचार्य ,महिला उद्यमी सरिता भट्राई श्रेष्ठ , युवा व्यबसायी शेर खान , पत्रकार किरण प्रसाद अधिकारी, गीतकार तथा कवि सुमन वैरागी कलाकार अमर श्रेष्ठ, युवा उद्यमी वालकृष्ण पोखरेल,गायक भरत समारी, सौन्दर्यकर्मी टीका पुन रहेका थिए ।
प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागि हुन पाउने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए।

कार्यक्रमलाई मुख्य प्रायोजन गरेको एन प्लस प्रोफेसनलले उपाधी विजेता तथा टाईटल विजेतालाई विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।

यसरी उदाए सुवेदी

मकवानपुर मनहरिमा २०३६ सालमा एक बालकको जन्म हुन्छ । सामान्य पारिवारिक पृष्ठभूमि । तिनै बालक आज मिडिया मार्केटिङ फाँटमा हरिशरण सुवेदी भएर उदाएका छन् । ‘स्वदेशमै केही गर्न सकिन्छ’ भन्ने सोचसाथ अघि बढेका उनले २०५७ मा एड एभिन्युज विज्ञापन एजेन्सीमा ‘मिडिया एक्जिक्यिुटभ’को भूमिकामा आफूलाई होमे । ‘मिडिया प्लानिङ’, ‘क्लाइन्ट सर्भिसिङ’देखि ‘मिडिया बाइङ’ (खरिद) तथा ‘प्रेस रिलिज’ सन्दर्भमा सुवेदी जम्दै गए । ‘प्रोडक्ट एनालिसिस’, ‘कम्पिटिटर एनालिसिस’, ‘संस्था तथा ब्रान्ड प्रोमोसनल क्याम्पेन’मा समेत उनको प्रत्यक्ष संलग्न बढ्दै गयो । अब भने सुवेदी विज्ञापन र बजारीकरण क्षेत्रमा स्थापित नाम बनिसके । हरेक काममा अघि सर्ने, स–साना कुरामा पनि ‘पर्फेक्सन’ खोज्ने उनको बानी छ । ‘नयाँनयाँ कुरा सिकेर त्यसको प्रयोग गर्ने हरदमको हुटहुटीले गर्दा नै यहा“सम्म आइपुगेको हुँ,’ सुवेदी भन्छन् ।

२०४६ सालपछि मात्र प्रभावकारी रूपमा विस्तार हुन थालेको विज्ञापन मार्केटिङ फिल्ड २०४७ सालको परिवर्तनपछि व्यावसायिक बन्न थाल्यो । २०६० सम्म आइपुग्दा मिडिया हब वृहत् मिडिया बाइङ एजेन्सीका रूपमा देखापर्न थाल्यो । २०६३ मा मिडिया हवमा सहायक बजार प्रबन्धकका रूपमा आबद्ध भएदेखि नै सुवेदीले आफ्नो कला र सीपको प्रभाव देखाउन थाले । ‘तितोसत्य’, ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘झ्याँइकुटीझ्याइ“’, ‘भद्रगोल’जस्ता लोकप्रिय हा“स्य शृंखला उत्पादन गरी विक्री वितरण परिकल्पनामा उनको विशेष योगदान छ । ‘फिफा वल्र्डकप’, ‘कृति अवार्ड’, टेलिभिजन अवार्डलगायत इभेन्टमा सुवेदीको महत्वूर्ण हात छ । कम्पनी व्यवस्थापनमा नजिकबाट सघाउन र समकक्षी टिमलाई सफलतापूर्वक परिचालन गरेका सुवेदी छोटो समयमै मिडिया हबको ‘मार्केटिङ म्यानेजर’का रूपमा पदोन्नति भए ।

‘कर्म, मेहनत र लगनशीलतासाथ केही गर्नुपर्छ’ भन्ने विश्वास गर्ने सुवेदी र उनीनिकट सिर्जनशील समूहले २०७० मा एडी रिलिज प्रालि दर्ता ग-यो । औपचारिक रूपमा ठूलो भइसकेको टेलिभिजन विज्ञापन बजारमा हामफाले, सुवेदी । कठिन प्रतिस्पर्धात्मक बजार र जोखिमबाबजुद आँट, साहस र दृढताका आधारमा छोटो समयमै एडी रिलिजको सफलता बढ्दै गए । त्यसका भ्रातृ संस्था जन्माउँदै लगे र उनी यो उचाईसम्म पुगेका छन् । एडी रिलिज स्थापनादेखि नै प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका सुवेदी टिमका साथ लिई टेलिभिजन, एफएम, पत्रपत्रिका, फिल्म हलमा विज्ञापन संयोजन गरिरहेका छन् । आज एडी रिलिज नेपालमा सञ्चालित विभिन्न ‘मिडिया बाइङ’ एजेन्सीमध्ये नम्बर १ एजेन्सी बन्न सफल भएको छ । अधिकांश टेलिभिजनलाई ठूलो परिमाणमा विज्ञापन उपलब्ध गराउने कम्पनीका रूपमा एडी रिलिज स्थापित छ । धेरैजसो टेलिभिजनका वार्षिकोत्सवमा ‘बेस्ट एजेन्सी’ उपाधि प्राप्त गरिरहनुले पनि एडी रिलिजप्रतिको विश्वास चुलिँदै गएको बुझ्न सकिन्छ ।

नयाँनयाँ तरीका प्रतिपादन गर्दै दातालाई विज्ञापनको प्रभावकारिता’bout विश्वस्त पार्दै टेलिभिजनमा गरिने विज्ञापनको दायरा बढाउनुमा सुवेदीको प्रमुख भूमिका छ । टेलिभिजन विज्ञापनको दायरा बढाउन गरेको योगदानकै कदरस्वरुप उनले रिपोर्टर्स क्लबको अगुवाईमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट पुरस्कार पाए । खेलकुदका विभिन्न प्रतिस्पर्धा ‘ब्रान्डिङ र मार्केटिङ’ गरी खेल क्षेत्रलाई व्यावसायिक बनाउने प्रयास गरे । चर्चित ‘रियालिटी सो’का फ्रेन्चाइज ‘बिकाउन र टिकाउन सकिन्छ’ भन्ने मान्यता स्थापित गर्न सुवेदीको एजेन्सीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।



विश्व प्रसिद्ध ‘आइडल फ्रेन्चाइज’अन्तर्गत ‘नेपाल आइडल’को पहिलो र तेस्रो संस्करण, ‘द भ्वाइस अफ नेपाल’को पहिलो संस्करणका साथै मौलिक नेपाली रियालिटि सो ‘कमेडी च्याम्पियन’ (दोस्रो संस्करण)को कुशल बजारीकरणको नेतृत्वकर्ता सुवेदीले पछिल्लो समय भारतीय रियालिटी फ्रेन्चाइज ‘सारेगमप लिटल च्याम्प्स नेपाल’को विज्ञापन सर्वाधिकारको जोखिम लिँदै त्यसलाई सफल बनाउन प्रमुख भूमिका खेले । अर्को प्रसिद्ध भारतीय ‘रियालिटी सो सुपर डान्सर’को नेपालमा ‘फ्रेन्चाइज’ चलाउने सर्वाधिकार लिई कार्यक्रम उत्पादन, विक्रीवितरण तथा बजार व्यवस्थापनमा हात हाल्नु जबर्जस्त निर्णय र प्रदर्शन थियो ।

कार्यक्रम अझ प्रख्यात बनाउन बलिउड स्टार गोविन्दालाई अतिथिका रूपमा ल्याउने आँटसमेत सुवेदीले गरे । मौलिक कार्यक्रम तथा श्रष्टालाई पनि माया गर्दै दर्शकसामु उत्कृष्ट कार्यक्रम पस्कन रुचाउने सुवेदीले चर्चित कमेडी शृंखला ‘सक्किगोनी’को डिजिटल सर्वाधिकारसहित ईएच डिजिटल युटुब च्यानलमार्फत प्रशारण गर्दै आएका छन् ।



हाल एडी रिलिजसँगै एडभर्टिजमेन्ट रिलिज, टेलिजेन्ज प्रालि र एभरेस्ट हेडलाइन्स गरी चार कम्पनी एकसाथ सञ्चालन गरिरहेका छन्, सुवेदी । २२ वर्षभन्दा बढी समयको अनुभवले निखारिएका सुवेदी अहिले करिब सय जनाको टिम कुशल व्यवस्थापन गरिरहेका छन् । सोसल मिडियाको युगभन्दा अनलाइन र त्यसभन्दा पनि रेडियो, टेलिभिजनको युगमा उनले विज्ञापन प्रसारणका अनेक प्रयोग प्रतिपादन गरे । रेडियो वा टेलिभिजनमा बज्ने विभिन्न फरक सामग्रीलाई ‘कसरी प्याकेजिङ गर्ने अनि त्यसलाई कसरी व्यावसायीकरण गर्ने ?’ विषयमा उनले गरेका प्रयोग सान्दर्भिक र व्यावहारिक सिद्ध भएका छन् ।

विज्ञापनदातालाई नयाँनयाँ ‘प्लेटफर्म’ उपलब्ध गराउन निपुण सुवेदी ‘बजारले के खोजेको छ ?’, ‘दर्शक के चाहन्छन् ?’ र ‘अहिलेको मार्केटिङ ट्रेन्ड कस्तो चल्दै छ ?’ भन्नेमा हरदम सजग रहन्छन् । सीप निखार्न भारत, अमेरिका, जापान, सिंगापुर, दुबई, अस्ट्रेलिया र युरोपका विभिन्न देश अध्ययन भ्रमणसमेत गरिसके, सुवेदीले । नेपाल विज्ञापन संघका कार्यकारी सदस्य, नेपाल चेम्बर अफ कमर्सको सूचना तथा सञ्चार प्रविधि विकास समिति सदस्यका रूपमा समेत आबद्ध उनी आफ्ना अनुभव अझ फराकिलो बनाउन प्रयत्नशील छन् । उच्च व्यावसायिक संस्कार, नम्र स्वभाव र सिर्जनशील विचार पाल्ने सुवेदी विज्ञापन बजार चलायमान बनाइराख्न र सम्बन्धित सबै क्षेत्रलाई सन्तुष्ट बनाइराख्न सफल मानिन्छन् ।

विश्वासयोग्य मिडिया बाइङ एजेन्सीका रूपमा एडी रिलिजलाई स्थापित गर्न सुवेदीले खेलेको भूमिका जो कोही र विज्ञापन व्यवसायलाई आफ्नो पेशा बनाउनेका लागि प्रेरणाको स्रोत बन्नसक्छ । ‘आउने सन्ततिले आफूले जस्तै कर्मलाई निरन्तरता दिए हुन्थ्योजस्तो लाग्छ तर आउने समय, परिवेश, कस्तो हुने हो ? त्यसअनुरुप सबैले आफ्नो बाटो आफैं बनाउनैपर्छ,’ उनी भन्छन्, ‘दिलोज्यान दिएर लागिपरेको यो सेवामुलक उद्योग श्रीवृद्धि बाचुञ्जेल देखिरहन पाएँ आत्मसन्तुष्टि मिल्नेछ ।’

जीवनमा सफलता मिलिरहँदा ‘नमात्तिने’ र असफल हुँदा ‘नआत्तिने’ स्वभावका सुवेदी दुःखमा ‘हतोत्साही नहुन र सुखमा संयम अपनाउन’ पत्नी लक्ष्मी भट्ट सुवेदीको सल्लाह सधैं सम्झिरहन्छन् । ‘परिवारको सत्कर्मरूपी संस्कार र सकारात्मक उत्प्रेरणाले २०५७ सालपछि पछाडि फर्कनुपरेको छैन,’ दुई सन्तानका पिता भइसकेका सीता र भक्तबहादुर सुवेदीका साँहिला छोरा सुवेदी सुनाउ“छन् ।

प्रकाशित लिंक: https://rajdhanidaily.com/id/76142/

Hari Sharan Subedi: Market saturated with TV stations

Hari Sharan Subedi is the Managing Director of A.D Release, one of Nepal’s leading media buying agencies. With over 20 years of experience in the Nepali media and advertising industry, Subedi has played a pivotal role to introduce pioneering program concepts into the Nepali television industry that include reality TV shows such as Nepal Idol, The Voice and SaReGaMaPa Li’l Champs Nepal along with full production and marketing of the Super Dancer Nepal.

Subedi and his team have also introduced Nepal’s local reality shows such as Comedy Champion and the popular comic series Sakkigoni.

Subedi has been at the forefront of changing the television media sales landscape via innovative advertising segments including on-screen advertising and sponsored segments across news and programs. He is currently the Executive Member of the Advertising Association of Nepal (AAN) and a member of the Information and Communication Technology Development Sub-Committee of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI). The Annapurna Express caught up with Subedi to talk about media buying and the Nepali television industry, Excerpts:

Your agency has consistently been at the forefront of television advertising in Nepal. How would you introduce your business and the industry you are in?

We are a team of think-alike people, and it has been a collective achievement so far. The Nepali television industry has come a long way as the industry grew manifold, thanks to investment in news and programming as well as technology. Today, the television industry employs over 3,000 people, ranging from journalists to production, engineering, administrative and marketing professionals.

The main source of revenue is advertisements. And, the whole advertisement segment has also evolved remarkably in these years. We have seen the whole transition, from VHF tapes to DV tapes and now to transferring audiovisuals digitally across various TV stations from your own office. As a media buying agency, we take pride that we also contributed to this transition positively which helped the overall industry to expand.

Of late, with the growing number of TV channels, there is also the issue of sustainability that is being increasingly discussed within the TV industry. As TV channels fight for advertising revenue that has not grown, do you think these channels will survive? 

We have seen flooding of TV stations, from satellite TV stations to regional TVs and those promoted by TV channel distributors in recent times.

Around 200 satellite TV stations have taken licenses, of which over 60 are currently in operation. Even when operated in a very minimalistic manner, the combined operating cost of these channels would be approximately Rs 3 billion. However, the size of the advertising market has fallen post-Covid, and even further due to the current economic slowdown to around Rs 2 billion. How can advertising sustain the television industry in this scenario?

On the other hand, there is a lack of investment in content and broadcast quality. For any TV to have a huge following, one needs to have programs that are attractive, and intriguing for the viewers. Instead, what we see is that most TV stations have the same kind of programming. And, there is also a serious dearth of specialization.

Internationally, sports channels are the most expensive to subscribe to. The world has realized that live sports generate the highest viewership. Unfortunately, we are going one step further in Nepal, killing the exclusivity of TV broadcasts by coupling it with the concurrent digital broadcast.

Reality shows, series, sports, and everything are available on YouTube, and this is the main reason behind the falling TV subscriptions. And to add to this is the Clean Feed debacle. International channels were supposed to be free of advertisement, but we have to see the same irritating promotional spot repeatedly. TV watching has become unpleasant with average content, subscriptions have fallen, and with the economic slowdown, it is natural that advertising revenues have also declined.

What are the pressing issues plaguing the TV industry? Why is the Nepali advertisement market not able to sustain the growing number of TV stations?

Despite the economic slowdown, the number of new media outlets is growing. The situation is such, every advertiser faces a huge dilemma today. While the advertiser’s advertising budget has not grown, they are getting increased follow-up from the media marketers.

Rather than advertising on the media platform that suits their target group, advertisers are literally forced to balance the media, particularly the smaller media outlets that resort to unfair practices. I am personally aware of some larger advertisers forced to distribute ads proportionately across larger to smaller media.

Everyone wants to run a news channel – every TV, every online portal, and every YouTuber. And then there is an absence of television and media rating mechanisms. In India, the TRAI, the government body, rates media by their reach and popularity or following. There is no such mechanism in place in Nepal.

The economic downturn has impacted all businesses across Nepal. But you say that a ‘lack of regulation’ is hurting television media. Are you hinting that there is a lack of regulation across the media sector of Nepal? 

HARI SHARAN SUBEDI : Expanding the Scope of Television Advertising

Marketing is a complex and dynamic field. As media platforms have evolved from print and broadcast to online, digital, and social media, as well as multimedia, it’s clear that traditional marketing techniques no longer have the same impact they once did in an ever-changing media landscape. To thrive in this competitive market, organisations and agencies that specialise in branding, marketing, and promotions must embrace innovation and adapt to new trends.

Hari Sharan Subedi is one such individual who has been embracing innovations and adapting to the new trends in the marketing and advertising industry. Subedi is the creative entrepreneur leading A.D. Release – a media buying house – where he focuses on strengthening the organisation and developing new techniques for media marketing. Despite being born into an ordinary family in Manahari of Makwanpur in 2036 BS, Subedi has become a shining example of achieving success in Nepal. His journey into the world of advertising and media began in 2057 BS, when he joined an advertising agency called Ad Avenues as a Media Executive. Since then, he has gained proficiency in various aspects of the advertising business, including media planning, client servicing, media buying, and public relation services. Subedi attributes his success to his hard work, determination, attention to detail, and eagerness to learn and apply new marketing and advertising techniques.

Nepal’s media and advertising sector saw significant expansion and a rise in professionalism after the political change of 2046 BS. Media Hub evolved as one of the latest media buying agencies in this period. Subedi showcased his professionalism and skills when he joined the company as the Assistant Marketing Manager in 2063 BS. He not only made a substantial contribution to the successful marketing of TV programs but also assisted the company’s management closely. Subedi and his team successfully organised major events such as the FIFA World Cup broadcast, Crity (advertising) Awards, among others. As a result of his outstanding performance, he was swiftly promoted to the role of Marketing Manager at Media Hub.

In 2070 BS, Subedi, together with a group of advertising professionals who shared his values of creativity, hard work, and perseverance, founded A.D. Release, their independent venture in the growing TV advertising market. As a media professional, Subedi has been instrumental in expanding the scope of television advertising by developing new methods of broadcasting advertisements and persuading advertisers of their effectiveness. He has even sought to commercialise the sports sector in Nepal by branding and marketing various sports competitions. His contributions to the expansion of TV advertising have earned him numerous institutional and personal accolades, including a recent honour bestowed upon him by then-Prime Minister Sher Bahadur Deuba on the recommendation of Reporters’ Club Nepal.

Subedi was quick to anticipate a shift in Nepali television viewers’ preferences and collectively introduced popular international TV franchises, Idol and The Voice, to the Nepali audience. He continued to deliver such reality shows to Nepali viewers, providing them with fresh TV content and earning the trust of advertisers with the returns they produced. Subedi’s team played an exceptional role in persuading advertisers to recognise the acceptance of such programs, attracting them to these shows and building the confidence of creative and technical teams involved in producing them.

Subedi’s leadership and successful marketing strategies have been evident in the first and third editions of Nepal Idol, the first edition of The Voice of Nepal, and the second edition of Nepal’s indigenous reality show Comedy Champion. The excitement generated among Nepali viewers and the positive feedback from advertisers sponsoring the shows have vindicated the efforts of Subedi and his team. Subedi is equally committed to promoting indigenous artists and programs and has acquired the digital rights to Nepal’s beloved comedy series, Sakkigoni, which he is broadcasting through the YouTube channel EH Digital.

Subedi currently leads four companies: A.D. Release, Advertisement Release, Teligenz Pvt Ltd, and Everest Headlines. With over 22 years of experience, he has developed expertise in managing a team of around 100 people. He is well-versed in the rapidly evolving world of digital and broadcast media and has implemented several innovative advertising practices. To ensure that he stays current with industry trends and remains responsive to the needs of advertisers and audiences alike, Subedi has travelled to countries including India, the United States, Japan, Singapore, UAE, Australia, and various European nations to expand his skills in marketing and advertising.

Subedi continues to strive to broaden his experience, serving as an Executive Member of the Advertising Association of Nepal (AAN), and as a Member of the Information and Communication Technology Development Committee of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI). He follows high professional standards, and his humble nature and creative ideas have helped him maintain the momentum in the advertising market while satisfying stakeholders.

Currently, Subedi is among the few successful young businessmen in Nepal. He is a responsible individual who remains level-headed during success and doesn’t panic during failures. His wife Laxmi Bhatta Subedi has been a constant support to him through thick and thin, continually inspiring and encouraging him. The Subedi couple, who are parents to two children, have not had to look back since 2057 BS, and they attribute part of their well-being to the family values instilled by their parents.

“I wish that our children continue this business and work with determination and discipline, just as we did. However, everyone must make their own destiny based on the time and environment,” says Subedi. “I hope to see the continued growth of the media industry in Nepal, which I have worked so hard for.”

Published Link: https://www.newbusinessage.com/MagazineArticles/view/3815

नेपालमा टेलिभिजनको विज्ञापन बजार

नेपाली टेलिभिजनका दर्शक र व्यापार घटिरहेको छ । यसो हुनुमा टेलिभिजनले आफ्ना कार्यक्रम तुरुन्त डिजिटल प्लेटफर्ममा अपलोड गर्नु, टेलिभिजनलाई भन्दा युट्युबलगायत डिजिटल प्लेटफर्मलाई प्राथमिकता दिनु, आफ्नो टेलिभिजनको टीआरपी (टेलिभिजन रेटिङ प्वाइन्ट) मापदण्ड डिजिटल प्लेटफर्मलाई बनाई बजारीकरण गर्नु मुख्य कारण हुन् । कार्यक्रम निर्माताहरूले पनि घट्दो विज्ञापन बजारलाई दृष्टिगत गरी डिजिटल प्लेटफर्मलाई प्राथमिकता दिँदा नेपालमा टेलिभिजनको बजार र प्रभाव घटेको देखिन्छ । नेपालमा विज्ञापन बजार घट्नुमा बजारले धान्नै नसक्ने टेलिभिजन च्यानलहरू खोल्नु र विज्ञापनदाता तथा एजेन्सीले ब्रान्डअनुसार आफ्नो लक्षित दर्शकमा पुग्ने कार्यक्रम र टेलिभिजनमा मात्र विज्ञापन गर्न नपाउनु हो ।

विज्ञापनदाताले कुनै नयाँ क्याम्पेन गर्दा लगभग १० देखि १५ ओटा टेलिभिजनमा विज्ञापन दिनैपर्ने अवस्था छ । विज्ञापन नदिए विभिन्न इस्युहरू निकाली ब्रान्ड र आफ्नो व्यक्तिगत चरित्र नै हत्या गर्नेगरी अनइथिकल कन्टेन्ट बनाउने परिपाटीले गर्दा पनि विज्ञापनदाताहरू विज्ञापन वितरण गर्न हच्किन थालेका छन् । विज्ञापन वितरण नगर्दा आफूलाई र कम्पनीलाई सुरक्षित महसूस गर्दा विज्ञापन बजार घटेको देखिन्छ । टेलिभिजन च्यानलमा विज्ञापन घट्नुको अर्को कारण इन्टरनेटको विकास पनि हो ।
टेलिभिजनले पाउने विज्ञापन सामाजिक सञ्जालमा जाने गरेका कारण पनि यो समस्या निम्तिएको हो ।

यी विविध कारणले गर्दा टेलिभिजनको भविष्य पनि खतरामा पर्न थालेको छ । यद्यपि इन्टरनेटको विकासले प्रविधिलाई सहज र सस्तो भने बनाएको छ । यसलाई टेलिभिजन व्यवस्थापकहरूले व्यवस्थापन गर्न नजान्दा टेलिभिजन उद्योग विज्ञापन कम भएकै कारण बन्द पो हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।

विज्ञापन बजार खुम्चिँदो अवस्थामा छ भने टेलिभिजन च्यानलको संख्या बढ्दो छ । अध्ययन अनुसन्धान नगरी लहलहैमा र अरूको देखासिकी गरेर व्यवसाय गर्ने प्रवृत्ति नेपालमा छ । टेलिभिजन च्यानलहरूको अवस्था पनि उस्तै छ । युट्युब च्यानल, फेसबुक च्यानलको नाममा अनियन्त्रित रूपमा डिजिटल मिडिया खुलेका छन् । सरकारले यसको नियन्त्रण र नियमन गर्न नसक्दा नेपाली मुद्रा विदेशिएको त छ नै साथमा टेलिभिजन उद्योग पनि समस्याग्रस्त भएको छ । यसका लागि टेलिभिजन उद्यमीहरूले सशक्त आवाज उठाउन सकेका छैनन् भने उनीहरू विज्ञापन नपाएर आफूहरू धराशयी भएको भन्ने निष्कर्षमा पुग्दै छन् । तर, वास्तविकता भने अर्कै छ ।

आम्दानीकै लागि पत्रकारिताको धर्म र आचारसंहिता उल्लंघन गरी कसैलाई बोक्ने र कसैको व्यावसायिक मानमर्दन हुने गरी कन्टेन्ट बनाउँछन् र प्रसारण गर्छन् । यसले गर्दा केही नेपाली टेलिभिजन उद्यमीहरू बदनाम हुन पुगेका छन् । खासमा टेलिभिजन उद्यमीहरूले घाँटी हेरेर हाड निल्न नजान्दा अनुमानकै भरमा लगानी खन्याउँछन् र अन्तिममा पुर्पुरोमा हात राखेर एक अर्कालाई दोषारोपण गर्न पुग्छन् ।

अहिले टेलिभिजन उद्योगको विज्ञापन बजार २ अर्बको हाराहारीमा मात्र छ । विगतमा ३ अर्ब भए तापनि कोरोनापछि यो खुम्चेर २ अर्बमा आएको हो । मध्यम खालका र साना आकारका स्थानीय टेलिभिजनलाई यो बजारले धान्न सक्ने अवस्था छैन । यसकारणले टेलिभिजन उद्यमीहरू मर्जरमा जानु आवश्यक छ ।

२ अर्बको विज्ञापन बजारलाई डिजिटल बजारले चुनौती दिन थालेको अवस्था छ । फेसबुक, टिकटक, युट्युबजस्ता डिजिटल प्लेटफर्ममा विज्ञापन बढ्न थालेको छ । विदेशिएको वैदेशिक मुद्राबाट विदेशी विनिमय सञ्चितिमा परेको प्रभावका विषयमा पर्याप्त छलफल भएको छैन । यसलाई सरकारले नियन्त्रण गर्न सकेको पनि छैन । अन्जानमै टेलिभिजन व्यवस्थापकहरूले आफ्ना कन्टेन्टहरू सामाजिक सञ्जालमा सहज रूपमा उपलब्ध गराउँदा समस्या थपिएको छ । त्यसैले टेलिभिजनहरूले आफ्ना मौलिक निर्माणहरू सामाजिक सञ्जालमा जानबाट रोक लगाउन आवश्यक छ । कन्टेन्ट हेर्न शुल्क तिर्नुपर्ने गर्न सकियो भने थप आम्दानी पनि हुने थियो । कपी राइट, पेटेन्ट राइट, बौद्धिक सम्पत्तिको अधिकारका लागि पहल गर्न सकेको खण्डमा टेलिभिजन उद्योग थप बलियो हुने थियो ।

टेलिभिजनले गुणस्तर र प्रविधिमा धेरै फड्को मारिसकेको छ । नयाँ मिडिया सशक्त रूपमा आए पनि टेलिभिजनको महत्त्व उत्तिकै छ भनेर देखाउन टेलिभिजन उद्यमीहरू लागिपर्नुपर्छ । नयाँ प्रविधि अँगाल्दै टेलिभिजन प्रतिस्पर्धामा खरो रूपमा उत्रिनु आवश्यक छ ।

सामाजिक सञ्जालको विश्वसनीयता घट्दै गइरहेको परिप्रेक्ष्यमा टेलिभिजनले गति लिन सक्यो भने टेलिभिजनप्रति जनताको विश्वास कायमै हुने देखिन्छ । शिक्षा, सूचना, मनोरञ्जन र अभिप्रेरणा जगाउन सक्ने अनि हाइ डिफिनेशनमा प्रत्यक्ष प्रसारण गर्न सक्ने क्षमताका कारण टेलिभिजनको महत्त्व अझै व्यापक छ । इन्टरनेटको प्रयोगले टेलिभिजन झन् सहज माध्यम भएको छ । आफूले चाहेका बेला हेर्न सकिने, प्रसारणकै समय हेर्न नपर्नेजस्ता सहजता इन्टरनेटले थपिदिएको छ ।

विश्वमा जनचेतना अभिवृद्धि गर्न, द्वन्द्व कम गर्न र मनोरञ्जन प्रदान गर्न टेलिभिजनले खेलेको भूमिकाको मूल्यांकन संयुक्त राष्ट्रसंघले समेत गरेको छ । यसले सामाजिकीकरण गर्न, सामाजिक मूल्यमान्यताको हस्तान्तरण गर्न अनि आपसी सद्भाव र सामञ्जस्य कायम गर्न थप टेवा दिएको छ । परम्परागत टेलिभिजनलाई न्यू मिडियामार्फत सञ्चालन गर्नुपर्ने, उत्पादन र वितरणलाई समेत नियमन गर्नुपर्ने चुनौतीलाई अवसरका रूपमा लिन अब ढिला गर्नु हँुदैन ।

अहिले विश्वमा १ अर्ब ६७ करोड घरमा टेलिभिजन सेट रहेको अनुमान गरिन्छ । नेपालमा २० लाख टेलिभिजन सेट रहेको मानिन्छ । मोबाइलमार्फत टेलिभिजन हेर्र्नेहरूको संख्या अझ बढी छ । तत्काल विश्वसनीय दृश्यसहित हाइक्वालिटीमा प्रसारण गर्न सक्ने र विश्वव्यापी हुन सक्ने सामथ्र्य टेलिभिजनसँग बाहेक अरूसँग हुँदैन भनेर प्रमाणित गर्न सक्ने अवस्था छ । नेपालको कन्टेन्टलाई विदेशी बजारमा पुर्‍याउन सकेको खण्डमा अझ यसको दायरा बढाउन सकिन्छ भन्ने बहस केन्द्रित हुनुपर्छ । नेपालको भूगोलमा अढाइ करोड जनता छन् भने यसबाहिर त्यति नै संख्यामा नेपाली भाषी छन् । यति बुझ्न सकेको खण्डमा टेलिभिजन विज्ञापन बजार थप फस्टाउने थियो । टेलिभिजनको विज्ञापन बजार अझ बलियो र दीर्घकालीन हुने थियो ।

लेखक नेपाल विज्ञापन संघका कार्यसमिति सदस्य हुन् ।

प्रकाशित लिंक: https://abhiyandaily.com/newscategory-detail/423048