नेपालका सुवेदीले पाए ‘दादासाहेब फाल्के अवार्ड
मुम्बई । भारतको प्रसिद्ध टेलिभिजन अवार्ड ‘दादासाहेब फाल्के अवार्ड’बाट नेपालका हरिशरण सुवेदी सम्मानित भएका छन् । विज्ञापन तथा मिडिया व्यवसायी सुवेदीलाई नेपालको टेलिभिजन उद्योगमा विशेष योगदान पुर्याएबापत ‘दादासाहेब फाल्के अवार्ड २०२३’बाट सम्मान गरिएको हो । विज्ञापन बजारको संस्थागत विकासमा योगदान पुर्याएबापत उनी विभिन्न अवार्डबाट सम्मानित भइसकेका छन् । सुवेदी एडी रिलिज प्रालिका प्रबन्ध निर्देशकसमेत हुन् ।
Source: https://abhiyandaily.com/news/421839/nepaalkaa-suvediile-paae-daadaasaaheb-phaalke-avaardd/

Leave a Reply